राष्ट्रिय वाणिज्य बैंकको युवा लक्षित ‘आरबीबी इम्पावरमेन्ट एकेडेमी’ कार्यक्रम शुरु

RBB

काठमाडौं । राष्ट्रिय वाणिज्य बैंकले ‘आरबीबी इम्पावरमेन्ट एकेडेमि’को शुरुवात गरको छ । बैंकले एक समारोहकाबीच फाईनान्सियल ट्रेनिङ सेन्टरको रुपमा अगाडि लैजाने उद्देश्यले शुरु गरिएको यस एकेडेमीबाट युवा वर्ग लगायत सबैले लाभ लिन सक्नेछन् ।

यस एकेडेमीले २०७६ कार्तिक १ गते बाट नै निःशुल्क आवेदन दिन सक्ने गरी वित्तीय क्षेत्रमा रोजगारी पाउन तिन दिने टेक्निकल, बिहेबिरल र प्राक्टिकल बैंकिङ्ग विषयगत तयारी कक्षा संचालन गर्दैछ । पहिलो चरणको ट्रेनिङ्ग, प्रदेश नं.३ अन्तर्गत स्नातक र स्नाकोत्तर डिग्री भएका कलेजका विधार्थीहरुलाई मात्र लक्षित गरी आवेदन आव्हान गरीएको छ ।

वित्तीय क्षेत्रमा आफ्नो करियर बनाउन चाहने युवा विदार्थीहरुले यसबाट भरपुर लाभ लिन सक्नेछन् । वित्तीय क्षेत्रका अनुभवी बैंकरहरुद्धारा निःशुल्क रुपमा दिइने यस तालिम, बैंकको दरबारमार्ग काठमाण्डौ स्थित तालिम केन्द्रमा आगामी कार्तिक २२, २३ र २४ गते आयोजना हुनेछ ।
कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठज्युले ५५ वर्षको गर्भीलो इतिहास बोकेको सरकारी बैंकको नाताले युवा वर्गहरुको विकाशका लागी र समाजलाई केही योगदान दिने उद्देश्यले सामाजीक उत्तरदायीत्व निर्वाह गर्दै यो तालिम केन्द्रको शुरुवात गरीएको कुरा बताए । वित्तिय क्षेत्रमा आफ्नो करीयर बनाउन ठूलै शिक्षित जमातहरु लालायीत भइरहेको परिप्रेक्षमा, रोजगार उन्मुख यस्ता किसिमका तालिमहरुले युवकहरुको क्षमता विकासमा धेरै सहयोग गर्ने कुरामा विश्वास्त भएको बताए ।

सम्भवतः नेपालमै पहिलो पटक बैंकले निशुल्क रुपमा आयोजना गरेको युवा लक्षित यस्तो किसिमको रोजगारी उन्मुख तालिमहरु निकट भविश्यमै अन्य प्रदेशहरुमा पनि संचालन गरीनेछ ।

रोजगारी साझेदारको रुपमा जब डाइनामिक्सका प्रवन्ध निर्देशक राजीव शर्माले तालिमको बारेमा विस्तृत जानकारी दिएका थिए । कार्यक्रम ईश्वर उप्रेतीले संचालन गरेका थिए । विस्तृत जानकारीका लागी बैंकको अफिसियल वेबसाईट www.rbb.com.np मा लग इन गरी प्राप्त गर्न सकिने छ ।

बैंकले गत आर्थिक वर्ष २०७५/०७६ मा ५ अर्ब ३२ करोड रुपियाँ खुद मुनाफा गरेको छ । यस अवधिमा बैंकको निक्षेप १ खर्ब ९० अर्ब रुपियाँ, कर्जा १ खर्ब ४४ अर्ब रुपियाँ रहेको छ । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २३८ वटा शाखा कार्यालय, २०४ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ रहेको छ । बैंकले बैंकिङ क्षेत्रको विस्तार, वित्तीय पहुंचको लागि वित्तीय साक्षरता, बैंकलाई प्रतिस्पर्धी बनाएर युवाहरु लक्षित बैंकिङ कारोबार संचालन, प्राथमिकता क्षेत्र तथा विपन्न वर्गमा कर्जा प्रवाह गर्दै नेपाल सरकारको नीति तथा कार्यक्रमलाई सघाउ गुग्ने गरी बैंकिङ सेवाहरु प्रवाह गरिरहेको छ ।