टिचिङ अस्पतालमा फोक्सो परीक्षण गरी क्याबिनेट बैठकमा पुगे ओली

Advertisement

काठमाडौं । महाराजगञ्जस्थित टिचिङ अस्पतालमा मुटु र फोक्सो परीक्षण गराएर प्रधानमन्त्री केपी शर्मा बालुवाटार फर्किएका छन् ।

मनमोहन कार्डियो भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरमा आइतबार ओलीको मुटु र फोक्सो परीक्षण गरिएको हो ।ग्राण्डी अस्पतालमा उपचारका क्रममा फोक्सोमा पानी जमेको देखिएको थियो । त्यसैको मात्रा परीक्षण गर्न ओलीलाई मनमोहन कार्डियो सेन्टरमा पुर्‍याइएको हो । एक्सरे गर्दा फोक्सोमा जमेको पानी सुकेको देखिएपछि उनी बालुवाटार फर्किएका हुन् ।

ओली बालुवाटार आउनेबित्तिकै मन्त्रिपरिषद बैठक सुरु भएको छ ।

Advertisement

Advertisement

Advertisement