निर्जीवन बीमा कम्पनीमा मर्जरको संकेतः युनाइटेडले ढोका खोल्यो

Advertisement

काठमाडौं । युनाइटेड इन्स्योरेन्स कम्पनीले कात्तिक २६ गतेका लागि साधारण सभा डाकेको छ । बीमा समितिले जारी गरेको बीमकको संस्थागत सुशासन सम्बन्धी निर्देशिका अनुसार सञ्चालक समिति पुनर्गठन गर्ने तथा सञ्चालकहरुको भत्ता पुनरावलोकन गर्ने एजेण्डा तय भएको छ ।

साथै कम्पनीले उपयुक्त निर्जीवन बीमा कम्पनीसँग मर्जर वा एक्विजिसनमा जानका लागि सञ्चालक समितिलाई अख्तियारी दिने एजेण्डा समेत तय गरेको छ । पछिल्लो समय निर्जीवन बीमा कम्पनीहरुलाई मर्जरमा लैजानेबारे बीमा समितिले पनि छलफल गरिरहेको छ । हाल एक अर्ब पुँजीमा काम गरिरहेका निर्जीवन बीमा कम्पनीहरुलाई अहिलेकै अवस्थामा प्रतिष्पर्धा गरिरहन मुस्किल रहेको निष्कर्ष छ ।

निर्जीवन बीमा कम्पनीहरुलाई मर्जर वा एक्विजिसनमा पठाएर थोरै र बलिया संस्था बनाउनुपर्ने बीमा समितिका अध्यक्ष चिरञ्जीवी चापागाईले बताउँदै आएका छन् ।

Advertisement

Advertisement

Advertisement