रघुगंगा हाइड्रोपावरमा काम गर्ने प्राधिकरण कर्मचारीको यस्तो बदमासी

Advertisement

काठमाडौं । नेपाल विद्युत प्राधिकरणको रघुगंगा हाइड्रोपावर लिमिटेडमा कार्यरत सुपरभाइजर दीपरमण अधिकारीले प्राधिकारणको संस्थागत संगठनलाई प्रभाव पर्नेगरी अनियमितता गरेको कम्पनीका कर्मचारीहरूले बताएका छन् ।

अधिकारीले उक्त कम्पनीको प्रशासन, खरिद र स्टोर शाखा आफू एक्लैले सञ्चालन गरी अनियमिता गरेको भन्दै उनीहरुले केन्द्रीय कार्यालयमा लिखित निवेदन दर्ता गराएका छन् । अधिकारीले टेन्डर नै नगरी मोटरसाइकल किन्ने बजेट निकासा गराई स्कुटर किनेका छन् ।

सवारी चालक अनुमतिपत्र नभएका अधिकारीले किन स्कुटर किन्नु पर्यो ? भन्दै कर्मचारीले प्रश्न उठाएका छन । तर म्याग्दीमा कार्यरत सुपरभाइजर अधिकारीकी श्रीमतीले काठमाडाँैमा उक्त स्कुुटर चलाउने गरेकी छन् । बा ९७ प ४५३२ नम्बरको उक्त स्कुटरका लागि रघुगंगा हाइड्रोपावरबाट नियमित इन्धन तथा मर्मत खर्च उपलब्ध गराइएको छ ।

काठमाडौँस्थित साझा पसलको १८०८७० को कुपनबाट उक्त स्कुटरमा १५ लिटर इन्धन राखेको देखिएको छ भन्दै कर्मचारीले म्याग्दीमा बसेका अधिकारीले कसरी काठमाडाँैबाट इन्धन लिनसक्छ ? भन्ने प्रश्न गरेका छन् ।

हरेक महिना १५ लिटर पेट्रोल काठमाडौंबाट लिनेगरेका अधिकारीले स्कुटीका लागि आवश्यक मोबिल तथा अन्य मर्मम पनि कार्यालयकै रकमबाट गराउँदै आएका छन् । तर, स्कुटरको प्रयोग भने काठमाडौँस्थित एक निजी बैकमा कार्यरत उनकी श्रीमतीले प्रयोग गर्दै आएकी छन् ।

अनियमितताका पराकाष्टा नाघेको भन्दै कर्मचारीले सुिध्रन गरेको आग्रह नसुन्दै अधिकारीले प्राधिकारणको आधिकारिक कर्मचारी युनियनका संयोजक आफ्नै मानिस हुन्, तिमीहरूले विरोध गर्र्दैमा केही हुँदैन भन्ने गरेका छन् । अधिकारीले पूरै आधिकारिक कर्मचारी युनियन र संयोजकको भरमा अनियमितता गरेका हुन् कि ? उनीहरूलाई देखाएर आफू एक्लैले अनियमिता गरेका हुन् ? भनेर कर्मचारीले आन्तरिक छानविन गरिरहेको बताएका छन् । यस सम्बन्धमा सम्पर्क गर्दा अधिकारी र युनियनका संयोजक सम्पर्कमा आएनन् ।

पटकपटक कर्मचारी प्रशासन तथा जिम्मेबार निकाय र व्यक्तिलाई अनियमितताको जानकारी गराइएको भएपनि अधिकारीविरुद्ध कसैले पनि कार्वाही नगरेकोमा स्वच्छ छविका कर्मचारीहरू आश्चर्य चकित छन् ।

म्याग्दी कार्यालयमा आजकल खासै बत्ती जाँदैन तर अधिकारीले हरेका दिन बत्ती गएकाले जेनेरेटर चलाउन प¥यो भन्दै मसिक २०० लिटर डिजल खरिद गरेको पैसा कागजी प्रक्रिया पु¥याएर मासिक ५० लिटर डिजल आँफैले लिने गरेका पनि कर्मचारीले उजुरीमा जनाएका छन् ।

कार्यलयमा खरिद गरिएको ३५० को तन्नालाई रु एक हजार सात सय रुपियाँमा किनेको भनेर झण्डै छ गुना महङ्गो पारेको भन्दै कर्मचारीले निष्पक्ष छानविनका लागि माग गरेका छन् । यसैगरी १२ हजार पर्ने टायरलाई २८ हजारको बिल बनाएको, बजार मूल्यभन्दा १५० गुनासम्म्म महङ्गोमा कार्यालय सामग्री खरिद गरिएको पाइएको छ । गाडी मर्मत गर्ने कम्पनीले नियमित रुपमा ३० प्रतिशत रकम अधिकारीलाई नदिए बिल रोकिदिने गरेका नाम उल्लेख नगर्ने शर्तमा जानकारले बताएका छन् । अधिकारीले कार्यालयमा खाना खाने र घरका लागि आवश्यक पर्ने चिनी, चियापत्ती, चामल तेललगायतका खाद्यान्न कार्यलयको खर्चमा काठमाडौँ पठाउने गरेका पनि कर्मचारीले आरोप लगाएका छन् ।

यति ठूलो अनियमतिता हुँदा पनि प्राधिकरण प्रशासनले अधिकारीमाथि कारबाही नगर्नु र प्राधिकारणको आधिकारिक युनियनको नाम जोडिदासमेत अधिकारीलाई युनियनले सदस्य कायम राख्नुको रहश्य बुझ्न नसकेको आमकर्मचारीको गुनासो छ ।

Advertisement

Advertisement