नवनियुक्त मन्त्रीहरुले राष्ट्रपति समक्ष लिए सपथ, सम्बन्धित मन्त्रालयमा कर्मचारीले गरे स्वागत

Advertisement

काठमाडौँ । राष्ट्रपति विद्यादेवी भण्डारी समक्ष नवनियुक्त मन्त्रीहरूले बिहीबार पद तथा गोपनीयताको शपथ लिएका छन् ।

राष्ट्रपति कार्यालय शीतलनिवासमा आयोजित एक समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त ६ मन्त्रीलाई शपथ गराएकी हुन् । ३ राज्य मन्त्रीहरूलाई भने प्रधानमन्त्री केपी शर्मा ओलीले शपथ गराएका हुन् ।

शपथ ग्रहण समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री ओलीलगायत उपस्थित भएका थिए ।

यता, प्रधानमन्त्री ओलीको शिफारिसमा बुधबार राष्ट्रपतिबाट मन्त्री हेरफेर गरेकी हुन् । नयाँ मन्त्री नियुक्त भएसँग सम्बन्धित मन्त्रालयका कर्मचारीहरु स्वागतको तयारीमा जुटेका छन् ।



Advertisement

Advertisement

Advertisement