नेशनल माइक्रोफाइनान्सले शेयरधनीलाई ७५ प्रतिशत लाभांश दिने, एजीएमबाट पारित हुँदैछ प्रस्ताव

Advertisement

काठमाडौँ । धादिङवेशीमा केन्द्रीय कार्यालय रहेको नेशनल माइक्रोफाइनान्स वित्तीय संस्थाले शेयरधनीहरुलाई ७५ प्रतिशत लााभांश दिने भएको छ ।

उक्त लाभांश प्रस्ताव संस्थाको मंसिर २९ गते हुने छैठौँ वार्षिक साधारण सभा(एजीएम)ले पारित गर्नेछ । शुक्रबार बसेको सञ्चालक समितिको बैठकले मंसिर २९ गते बिहान ११ बजे क्रिक रिसोर्ट धादिङवेशीमा साधारण सभा गर्ने निर्णय गरेको हो । साधारण सभा प्रयोजनको लागि मंसिर १६ गतेदेखि २९ गतेसम्म शेयर दाखिला खारेज(बुक क्लोज) हुने जनाइएको छ ।

आव २०७५/७६ को नाफाबाट १०ः७.५(प्रत्येक १० कित्ता शेयर बराबर ७.५ कित्ता वा प्रत्येक शेयरको ७५ प्रतिशत) को अनुपातमा बोनस शेयर जारी गर्ने प्रस्ताव पारित गर्न लागिएको हो । हाल कायम १५ करोड ८ लाख ८३ रुपैयाँ चुक्ता पूँजी बोनस शेयर जारी पछि २६ करोड ४० लाख ४५ हजार पुग्नेछ ।

बोनस शेयर जारी पछि कायम हुन आउने जारी तथा चुक्ता पूँजीको ५० प्रतिशत अर्थात २.१ को अनुपातमा हकप्रद शेयर जारी गर्ने कम्पनी सचिव तथा प्रमुख कार्यकारी अधिकृत रामबहादुर यादवले बताए ।

Advertisement

Advertisement

Advertisement