नबिल बैंकको ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा

Advertisement

काठमाडौं । नबिल बैंकले ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ । बैंकले आफ्ना ग्राहकहरुलाई चौबिसै घण्टा ३६५ दिन अझै उत्कृष्ठ सेवा प्रदान गर्न ‘नबिल ग्राहक सेवा केन्द्र’ सञ्चालनमा ल्याएको हो ।

बैंकको ग्राहक सेवा केन्द्र अत्याधुनिक प्रविधियुक्त्त रहने र ग्राहकहरुलाई उच्च गुणस्तरीय सेवा प्रदान गर्ने बैंकले जनाएको छ । उक्त सेवा केन्द्रले आगमन र निगमन कलको व्यवस्थापन गरी देश तथा विदेशमा रहेका ग्राहकसँग सूचनाको आदान–प्रदान गर्ने बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाहले बताए । निजि क्षेत्रमा अग्रणी भूमिका निर्वाह गर्दै आएको नबिल बैंकको देश भरी ९२ शाखाहरु, १४२ एटिएम काउण्टरहरु रहेका छन् ।

Advertisement

Advertisement

Advertisement