महिला सहयात्रा लघुवित्तद्वारा शेयरधनीहरुलाई २० प्रतिशत लाभांश वितरण गर्ने घोषणा

Advertisement

काठमाडौँ । चित्लाङ मकवानपुरमा केन्द्रीय कार्यालय रहेको महिला सहयात्रा लघुवित्त वित्तीय संस्थाले शेयरधनीहरुलाई २० प्रतिशत लाभांश दिने घोषणा गरेको छ ।

सोमबार बसेको सञ्चालक समितिको बैठकले आव २०७५/७६ को नाफाबाट हाल कायम चुक्ता पूँजीको १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद लाभांश प्रस्ताव गर्ने निर्णय गरेको कम्पनी सचिव कमलकुमार काफ्लेले जनाएका छन् ।

संस्थाको हाल कायम चुक्ता पूँजी १२ करोड १० लाख रुपैयाँ रहेको छ । सञ्चालक समितिले प्रस्ताव गरेको लाभांश राष्ट्र बैंकबाट स्वीकृति र संस्थाको आगामी साधारण सभाबाट पारित भएपछि वितरण गरिने कम्पनी सचिव काफ्लेले बताए ।

Advertisement

Advertisement

Advertisement