ग्लोबल आईएमई र जनता बैंकको कारोबार बन्द हुँदै (अपडेट)

Advertisement

काठमाडौं । ग्लोबल आइएमई र जनता बैंकले कारोबार बन्द हुने सूचना जारी गरेका छन् । दुई बैंक एक आपसमा मर्ज हुन लागेकाले कारोबार प्रणाली एकीकृत गर्न एक दिन सम्पूर्ण कारोबार बन्द गर्न लागिएको दुवै बैंकले जनाएका हुन् ।

बैंकले मंसिर १८ गते अतिरिक्त र सन्ध्याकालिन काउन्टर बन्द हुने, १८ गते साँझ ६ बजेदेखि १९ गते राति १२ बजेसम्म एटिएम, मोबाइल बैंकिङ, क्रेडिट कार्ड र इन्टरनेट बैंकिङ लगायतका सेवा बन्द हुने जनाएका छन् । त्यस्तै, मंसिर १९ गते सम्पूर्ण बैंकिङ कारोबार नै बन्द हुने पनि बैंकले जनाएको छ ।

२० गतेबाट भने जनता बैंकसँगको एकीकृत कारोबार आरम्भ हुने दुवै बैंकले सूचनामार्फत जानकारी दिएका छन् ।

global_ime

Advertisement

Advertisement

Advertisement