छिमेक लघुवित्तको कार्यवाहक सीईओको जिम्मेवारी चोलराज शर्मालाई

Advertisement

काठमाडौँ । छिमेक लघुवित्त वित्तीय संस्थाको कार्यवाहक प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा चोलराज शर्मा नियुक्त भएका छन् ।

शुक्रबार बसेको सञ्चालक समितिको बैठकले संस्थाका सीईओ रामचन्द्र जोशीको पदावधि मंसिर ३० गतेदेखि समाप्त हुने भएकाले नयाँ सीईओ नियुक्त नहुञ्जेलका लागि शर्मालाई जिम्मेवारी दिने निर्णय गरिएको कम्पनी सचिव दिलीपकुमार श्रेष्ठले जनाएका छन् ।

शर्मा हाल संस्थामा सहायक महाप्रबन्धक पदमा कार्यरत रहेका छन् ।

Advertisement

Advertisement

Advertisement