एनएमबि बैंकको साधारण सभा पुस २४ गते, ३५ प्रतिशत लाभांश पारित हुने

Advertisement

काठमाडौँ । एनएमबि बैंकको २४ औँ वार्षिक साधारण सभा पुस २४ गते हुने भएको छ । मंगलबार बसेको सञ्चालक समितिको बैठकले साधारण सभाको मिति तय गरेको कम्पनी सचिव धु्रवप्रसाद अधिकारीले जनाएका छन् ।

साधारण सभा तथा प्रस्तावित लाभांश प्रयोजनका लागि पुस ४ गतेदेखि २४ गतेसम्म बैंकको शेयर दाखिला खारेज कार्य बन्द(बुक क्लोज) गर्ने निर्णय गरिएको छ ।

सञ्चालक समितिले यस अघि नै घोषणा गरेको हाल कायम चुक्ता पूँजीको १४ प्रतिशत नगद लाभांश र २१ प्रतिशत बोनस शेयरको प्रस्ताव साधारण सभाले पारित गर्नेछ । बैंकको हाल कायम चुक्ता पूँजी ११ अर्ब ५२ करोड ९७ लाख ४१ हजार ७ सय ७ रुपैयाँ रहेको छ ।

Advertisement

Advertisement

Advertisement