गरिमाको साधारण सभाले मर्जरको अख्तियारी दियो सञ्चालक समितिलाई

Advertisement

काठमाडौँ । गरिमा विकास बैंकको तेह्रौ वार्षिक साधारण सभा शुक्रबार होटल पोखरा ग्राण्डमा सम्पन्न भएको छ । साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरेको १६.१५ प्रतिशत बोनस शेयर वितरण गर्ने प्रस्ताव पारित गरेको छ ।

साथै, बैंकको अधिकृत पूँजी बृद्धि गरी ५ अर्ब पुर्याउने तथा सोही बमोजिम प्रबन्धपत्रमा आवश्यक संशोधन गर्ने प्रस्ताव पारित गरेको छ । सञ्चालकहरुलाई प्रदान गरिने बैठक भत्ता तथा भ्रमण भक्ता र टेलिफोन तथा पत्रपत्रिका बापत प्रदान गरिने रकम बृद्धि गर्ने तथा सोही बमोजिम विकास बैंकको नियमावलीमा आवश्यक संशोसन गर्ने प्रस्ताव पारित गरेको छ ।

गरिमा विकास बैंक लिमिटेड र अन्य इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाहरु एकआपसमा गाभ्ने/गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) को लागि सम्पूर्ण कार्य गर्ने अधिकार सञ्चालक समितिलाई प्रदान गर्ने प्रस्ताव समेत साधारण सभाले पारित गरेको कम्पनी सचिव तथा नायब महाप्रबन्धक माधवप्रसाद उपाध्यायले जनाएका छन् ।

Advertisement

Advertisement

Advertisement