पच्चिस बाणिज्य बैंकको लाभांशः एनएमबि पहिलो, नविल दोस्रो र कृषि विकास तेस्रो नम्बरमा

Advertisement

काठमाठौं । सबै भन्दा धेरै लाभांश दिने बाणिज्य बैंकहरुमा एनएमबि बैंक स्थापित भएको छ । बैंकले गत आर्थिक वर्षको नाफाबाट बैंकले आफ्ना लगानीकर्तालाई ३५ प्रतिशत लाभांश घोषणा गरेको हो । सोमध्ये २१ प्रतिशत बोनस सेयर र १४ प्रतिशत नगद लाभांश दिएको छ ।

धेरै लाभांश दिनेहरुको सूचिमा नविल बैंकमा दोश्रो नम्बरमा छ । नविलले १२ प्रतिशत बोनस सेयर र २२ प्रतिशत नगद लाभांशसहित कुल ३४ प्रतिशत लाभांश दिएको छ । तेश्रो नम्बरमा भने कृषि विकास बैंक परेको छ । यो बैंकले ६ प्रतिशत बोनस सेयर र २४ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको छ ।

त्यस्तै, चौथो नम्बरमा रहेको ग्लोबल आइएमई बैंकले १२.७५ प्रतिशत बोनस सेयर र १२.७५ प्रतिशत नै नगद लाभांश गरि २५.५० प्रतिशत लाभांश दिएको छ । उता, सिद्धार्थ बैैंले १० प्रतिशत बोनस सेयर र १५.२६ प्रतिशत नगद लाभांश गरि २५.२६ प्रतिशत लाभांश दिएको छ ।
एभरेष्ट बैंकले ५ प्रतिशत बोनस सेयर र २० प्रतिशत नगद लाभांशसहित २५ प्रतिशत लाभांश दिएको छ ।

नेपाल बैंकले १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत नगदगरि २५ प्रतिशत नै लाभांश घोषणा गरेको छ ।

Advertisement

Advertisement

Advertisement