२० करोड बराबरको वैदेशिक रोजगार बचतपत्र बिक्री गर्दै राष्ट्र बैंक

Advertisement

काठमाडौँ । नेपाल राष्ट्र बैंकले रु २० करोड बराबरको ‘वैदेशिक रोजगार बचतपत्र, २०८१’ मंगलबारदेखि बिक्री शुरु गरेको छ । वार्षिक १० प्रतिशत ब्याज दिने गरी बैंकले उक्त बचतपत्र बिक्री गर्न लागेको हो । उक्त बचतपत्र यही पुस २१ गतेसम्म बिक्री हुने बैंकले जनाएको छ ।

बैंकले घटीमा रु पाँच हजारदेखि बढीमा रु पाँच हजारले भाग गर्दा निशेष भाग जाने गरी आह्वान गरिएको रकमसम्म खरिद गर्न पाउने व्यवस्था गरिएको छ । सो बचतपत्र मुलुक बाहिर रोजगारीमा संलग्न वा मुलुक बाहिरको रोजगारीबाट फर्केको चार महिना नपुगेका नेपाली नागरिक, गैरआवासीय नेपाली नागरिकका आफन्त एवम् परिवारले खरिद गर्न पाउनेछन् ।

बचतपत्र धितो राखी बैंक तथा वित्तीय संस्थाबाट कर्जा लिनसमेत पाउने व्यवस्था गरिएको छ । बचतपत्रको ब्याजमा कर लाग्ने भए पनि ६÷६ महिनामा खरिदकर्ताले आफैँले वा इच्छाएको व्यक्तिलाई उपलब्ध गराउने व्यवस्था गरिएको छ ।

Advertisement

Advertisement

Advertisement