सेञ्चुरी बैंकको ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ खाता संचालनमा, आकर्षक ब्याजदरको सुविधा

Advertisement

काठमाडौं । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । सेञ्चुरी कमर्सियल बैंकले ‘सेञ्चुरी सेभिङ्स प्लस अकाउन्ट’ नामक नयाँ बचत खाता सञ्चालनमा ल्याएको छ । ५० लाख न्यूनतम मौज्दात भएको सो खातामा वार्षिक ६.५ ज्रतिशतको दरले त्रैमासिक रुपमा ब्याज भुक्तानी गरिने छ । १० लाखसम्मको प्राणघातक रोग/दुर्घटना/दिर्घकालीन अशक्तताको बिमा आइएमई जनरल इन्स्योरेन्सबाट गर्ने व्यवस्था गरिएको छ ।

सो खातावालाहरुले नेपालका अन्य कुनै बैंकको एटीएमबाट पैसा निकाल्दा शुल्क लाग्ने छैन । साथै, निःशुल्क लकर सेवा, आकर्षक डिजिटल बैंकिङ र कर्जा सुविधामा विशेष छुट समेत दिइनेछ । उक्त खाताको शुभारम्भ बैंकका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले गरेका हुन् ।

बैंकले काठमाडौं उपत्यकामा १३ शाखाहरु र ७ वटा एक्स्टेन्सन काउन्टर र उपत्यकाबाहिर १०० शाखाहरु र ३ वटा एक्स्टेन्सन काउन्टर साथै १५ वटा शाखारहित बैंकिङ गरी जम्मा १३८ स्थानबाट कारोबार सञ्चालन गरिरहेको छ ।

Advertisement

Advertisement

Advertisement