समता लघुवित्तको वार्षिक साधारण सभा पुस २९ गते, बुक क्लोज कहिले ?

Advertisement

काठमाडौँ । बारा जिल्लाको जीतपुर सिमरा उपमहानगरपालिकामा केन्द्रीय कार्यालय रहेको समता लघुवित्त वित्तीय संस्थाको छैठौँ वार्षिक साधारण सभा पुस २९ गते हुने भएको छ ।

बुधबार बसेको सञ्चालक समितिको बैठकले बिहान १० बजे होलट इच्छा प्रालि सिमरामा साधारण सभा गर्ने निर्णय गरेको कम्पनी सचिव विश्वराज श्रेष्ठले जनाएका छन् । साधारण सभा प्रयोजनको लागि पुस १९ गतेदेखि २९ गतेसम्म शेयर दाखिला खारेज बन्द(बुक क्लोज) गर्ने निर्णय पनि गरिएको छ ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार आव २०७५÷७६ सम्मको मुनाफाबाट हाल कायम चुक्ता पूँजीको १६.५६ प्रतिशत नगद लाभांश, १५ प्रतिशत बोनस शेयर र १ः२ बराबरको हकप्रद शेयर पारित गर्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement