नेपाल बैंकको वार्षिक साधारण सभा पुस २५ गते, २५ प्रतिशत लाभांश पारित हुँदै

Advertisement

काठमाडौँ । नेपाल बैंक लिमिटेडको ६० औँ वार्षिक साधारण सभा पुस २५ गते हुने भएको छ । मंसिर २९ गते बसेको सञ्चालक समितिको बैठकले नेपाल एपीएफ क्लब हलचोक काठमाडौँमा साधारण सभा गर्ने निर्णय गरेको हो ।

साधारण सभाले सञ्चालक समितिले प्रस्ताव गरे अनुसार हालको चुक्ता पूँजीको १० प्रतिशत नगद लाभांश र १५ प्रतिशत बोनस शेयर पारित गर्नेछ । संस्थाको अधिकृत पूँजी १० अर्बबाट बृद्धि गरी १५ अर्ब कायम गर्ने प्रस्ताव पनि पारित गर्नेछ । बोनस शेयर पारित गरेसँगै बैंकको चुक्ता पूँजी ११ अर्ब २८ करोड २८ लाख २० हजार २ सय हुनेछ ।

साधारण सभा प्रयोजनका लागि पुस १३ गते शेयरधनी दर्ता किताब बन्द(बुक क्लोज) गरिने छ ।

Advertisement

Advertisement

Advertisement