‘नोकिया २.३’ स्मार्टफोन नेपाली बजारमा, यस्तो छ मूल्य र विशेषता

Advertisement

काठमाडौं । विश्व प्रसिद्ध स्मार्टफोन कम्पनी नोकियाले ‘नोकिया २.३’ स्मार्टफोन सार्वजनिक गरेको छ । कम्पनीले आफ्नो क्षेत्र विस्तारका लागि टेलिटकसँग साझेदारी गरी नयाँ स्मार्टफोन सार्वजनिक गरेको हो ।

यसमा ६ दशमलव २ एच डीप्लस स्क्रीन छ । नोकियाका अनुसार उक्त फोनमा एआई टेक्नोलोजीद्वारा सञ्चालित डुअल क्यामेरा छ । नोकिया २.३ मा एआई टेक्नोलोजीद्वारा संचालित डुअल क्यामरा छ जस्मा ‘रेकमेन्डेड सट’ फीचर रहेको छ । एन्ड्रोइड १० भएको नयाँ नोकिया २.३ मा ३ वर्ष सम्म मासिक सेक्यूरीटी अपडेट र दुई वर्षसम्म एन्ड्रोइड ओएस अपडेट ग्यारेन्टिड छ ।

नोकिया २.३मा हेलियो ए२२ क्वाड – कोर प्रोसेसरले पावर दिएको हुन्छ । यस्को डिभाइस सीपीयूमा २ जीबी र्याम र ३२ जीबी स्टोरेज छ, तथा स्टोरेजको क्षमता माइक्रो एस डि कार्डद्वारा ५१२ जीबीसम्म बढाउन सकिन्छ ।

यो मोबाइलको डुअल क्यामेरामा पछाडी १३ मेगा पिक्सेल प्राइमरी सुटर र २ मेगा पिक्सेल डेपm्ट सेन्सर त्यस्तै गरी अगाडी ५ मेगा पिक्सेलको वाटर ड्रप नोच सेल्फी सूटर लेन्स जडान गरीएको छ ।

नोकिया २.३को अन्तर्राष्ट्रिय मूल्य एक सय नौं यूरो छ, जसको मूल्य नेपालमा ११ हजार ९ सय ९९ रुपियाँ सम्म पर्दछ ।

Advertisement

Advertisement

Advertisement