झारखण्डमा ढल्यो भाजपा सरकार, हेमन्त सेरेना मुख्यमन्त्री बन्ने(अपडेट)

Advertisement

काठमाडौं । भारतको झारखण्ड राज्यमा भाजपा सरकार ढलेको छ । ८१ सिटका लागि भएको विधान सभा निर्वाचनमा भाजपा बिरोधी गठबन्धनले बहुमत हात पारेको हो ।

काँग्रेस–जेएमएम–राजद गठबन्धनले सरकार गठनका लागि आवश्यक ४१ सिटमा अग्रता कायम गरिसकेको छ । महागठबन्धनका तर्फबाट राष्ट्रिय जनता दलका अध्यक्ष तेजश्वी यादवले झारखण्ड मुक्ति मोर्चा(जेएमएम)का हेमन्त सेरेनालाई मुख्य मन्त्री बनाउने घोषणा गरिसकेका छन् ।
हाल झारखण्डमा भाजपाका तर्फबाट रघुबर दास मुख्यमन्त्री छन् । महाराष्ट्रपछि भाजपाले झारखण्डको सत्ता पनि गुमाएको हो ।

Advertisement

Advertisement

Advertisement