सुनको मूल्य निरन्तर आकाशिँदै, आज पनि तोलामा छ सयको वृद्धि

Advertisement

काठमाडौं । साताको चौँथो दिन आज बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत मंगलबार ७२ हजार दुई सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मुल्य आज छ सय रुपियाँले बढेर प्रतितोला ७२ हजार आठ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७२ हजार पाँच सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६२ हजार ४१५ रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६२ हजार १६० रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement