डिशहोम सिनेमाघरमा 'कबड्डी कबड्डी कबड्डी' प्रर्दशन हुने

Advertisement

काठमाडौं । यस वर्षको सुपरहिट चलचित्र ‘कबड्डी कबड्डी कबड्डी’ टेलिभिजनमा पहिलो पटक डिशहोमको सिनेमा घर च्यानल नम्बर १०८ मा पुस ११ गतेदेखि प्रर्दशन हुने भएको छ ।

सन् २०१३ मा निर्माण भएको हिट चलचित्र कबड्डीको तेस्रो सिरिज रहेको यस चलचित्रमा कलाकार दयाहाङ राई, कर्मा शाक्य, उपासना सिंह ठकुरी लगायतले अभिनय गरेका छन् । गत असोज ३ रिलिज भएको यो चलचित्रले पूराना सिक्वलहरु कबड्डी, कबड्डी कबड्डीको लोकप्रियतासँगै यसपटक पनि नेपाली सिनेमा जगत्मा उत्कृष्ट प्रर्दशनी कायम गर्न सफल रहेको छ ।

तिनै वटा सिक्वलमा कलाकार दयाहाङ राईले अभिनय मात्रै गरेनन्, चलचित्रलाई नेपाली सिनेमा प्रेमीहरुमा समेत गहिरो प्रभाव पार्न सफल भएको छ । समयअनुसारको प्रविधिको विकाससँगै विकसित भएको डिशहोमले हलहरुको पहुँच नभएका दर्शकहरुका लागि न्यूनतम शूल्कमा सपरिवार घरैमा बसी चलचित्र हेर्न मिल्ने प्रविधि भित्र्याएको हो ।

च्यानल नम्बर १०८ मा एसएमएस गरी चलचित्र हेर्न मिल्ने सुविधा डिशहोमले प्रदान गरेकोे छ । हरेक दिन आठ शो हेर्न पाईने यस सिनेमा घरमा, चलचित्र हेर्नका लागि मोबाइलको म्यासेज बक्समा गएर एमओडी टाइप गरी (एउटा स्पेश दिएर) सेटअप बक्सको क्यास आइडी टाइप गरी आफूले हेर्न चाहेको समय टाइप गरी ३२५०० वा ३२५८० मा एसएमएस पठाएर चलचित्र हेर्न सकिन्छ । यो चलचित्र हेर्न ३२५ रुपियाँ शूल्क लाग्ने जनाइएको छ ।

Advertisement

Advertisement

Advertisement