विराटनगरलाई हराउँदै चितवनले हात पार्यो ‘पीपीएल’ क्रिकेटको उपाधि

Advertisement

पोखरा । यस पटकको पोखरा प्रिमियर लिग (पीपीएल) क्रिकेटको उपाधि चितवन राइनोजले हात पारेको छ । पीपीएलको यो दोस्रो संस्करण हो । पहिलो संस्करण पोखरा पल्टनले जितेको थियो । शनिबार पोखरा रंगशालामा भएको फाइनल खेलमा चितवनले विराटनगर टाइटन्सलाई ३२ रनले हराउँदै उपाधि हात पार्न सफल भएको हो ।

कुल २०३ रनको लक्ष्य पछ्याएको विराटनगरले पूरै २० ओभर खेल्दा ७ विकेट गुमाएर जम्मा १७० रन मात्र बनायो । चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै २०२ रन बनाएको थियो । टस हारेर चितवनले पहिलो ब्याटिङ गरेको थियो । चितवन पीपीएलको पहिलो संस्करणको उपविजेता पनि हो ।
चितवन अपराजित रहँदै फाइनल प्रवेश गरेको हो भने विराटनगरले बुटवल ब्लास्टर्सलाई पराजित गर्दै फाइनलमा प्रवेश गरेको हो ।

Advertisement

Advertisement

Advertisement