युनाइटेड, वृज तथा होङसीसँग गुणस्तर विभागले माग्यो स्पष्टिकरण

Advertisement

काठमाडौं । युनाइटेड, होङसी तथा वृज सिमेन्ट उद्योगले गुणस्तरहिन सिमेन्ट उत्पादन गरेको भन्दै नेपाल गुणस्तर तथा नापतौल विभागले स्पष्टिकरण मागेको छ । विभागले अनुगमन गर्दा गुणस्तरहिन उत्पादन गरेको पाइएकाले कारबाही अघि बढाउन लागेको जनाएको छ ।

विभागका अनुसार चिनियाँ संयुक्त लगानीको होङसी सिमेन्ट, वृज सिमेन्ट र युनाइटेड सिमेन्ट छन् । विभागका अनुसार होङसीमा इनिसियल सेटिङ आधा घण्टामा हुनुपर्नेमा नरहेको पाइएको छ। विभागले यो उद्योगलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम(१६) अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको जनाएको छ।

विभागका अनुसार वृज सिमेन्टको पिपिसी कम्प्रेसिभ स्ट्रेन्थ २१ एमपिए र आइआर (इन्स्लोबल रेसिड्यू) २९ दशमलब ९ प्रतिशत नेपाल गुणस्तर ३८५ अनुसार छैन। पीपीसी सिमेन्टमा विभागले आइआर २८ प्रतिशत हुनुपर्ने मापदण्ड तोकेको छ।

युनाइटेडले ओपीसी सिमेन्ट सिमेन्टमा आइआर २.६ प्रतिशत रहेको अनुगमनले देखाएको थियो । त्यसैकारण मापदण्ड विपरित भन्दै विभागले उद्योगलाई १५ दिने स्पष्टिकरण सोधेको थियो । भने अर्को वृज सिमेन्टमा पनि आइआर २९.९ प्रतिशत आइआर देखिएको थियो । त्यसैकारण वृज सिमेन्टलाइ पनि १५ दिने स्पष्टिकरण सोधेको विभागले जनाएको छ ।

बिभागले तोकेको मापदण्ड भन्दा बढी आइआर रहेको भनेर प्रष्टिकरणर सोधेको छ । साथै उद्योगीहरुले लिखित जवाफ पठाएपछि थप कारबाही प्रक्रिया अघि बढाउने बिभागले जनाएको छ । त्यससँगै विभागले सिमेन्ट उद्योगहरुमाथि अनुगमनलाई तिव्रता दिइरहेको छ । बजार अनुमगनका क्रममा बिभिन्न ६ उद्योग मापदण्ड विपरित उत्पादन गर्दै आएका थिए । जसमध्ये तीन ओटा उद्योगले गम्भीर लापरबाही गरेर सिमेन्ट उत्पादन गरेको विभागले ठहर गर्दै स्पष्टिकरण सोधेको हो ।

अनुगमन गर्दा समस्या देखिएपछि विभागले होङसीलाई नेपाल गुणस्तर प्रमाण चिन्ह नियमावली २०४० को नियम ९१६० अनुसार १५ दिनको स्पष्टीकरण सोधिएको जनाएको छ।

Advertisement

Advertisement

Advertisement