लुम्बिनी विकास बैंकको ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ निक्षेप योजना सार्वजनिक

Advertisement

काठमाडौं । “निरन्तर सहयात्रा” भन्ने मूल नाराका साथ बैंकिङ सेवा प्रदान गर्दै आईरहेको लुम्बिनी विकास बैंकले इन्स्योरेन्स विशेषतायुक्त नयाँ ‘लुम्बिनी सहयात्रा मुद्दती खाता’ मुद्दती निक्षेप योजना सार्वजनिक गरेको छ ।

सबै तहका ग्राहकहरुलाई लक्ष्य गरी ल्याईएको यस लुम्बिनी सहयात्रा मुद्दती खाताले ग्राहक महानुभावहरुलाई बचत गर्न प्रोत्साहन गर्नुका साथै उचित प्रतिफल प्रदान गर्ने बैंकले जनाएको छ । उपरोक्त उल्लेखित मुद्दती निक्षेप बचत खातामा ग्राहक महानुभानवहरूले आफ्नो दुर्घटनाबाट मृत्यु वा पूर्ण तथा आंशिक अशक्तताका लागि रू. १० लाखसम्मको बीमा सुबिधा तथा रू. एक लाखसम्मको औषधी उपचार बीमा सुबिधा समेत प्राप्त गर्न सक्ने छन् ।

लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता अन्तर्गत ग्राहकहरुले निःशुल्क एबिबिएस सुबिधा, खाता विवरण, चेक बुक, मोबाईल बैंकिङ, भिसा डेबिट कार्ड र लकर सुबिधामा ५० प्रतिशत छुट प्राप्त गर्न सक्ने छन् ।

साथै लुम्बिनी सहयात्रा मुद्दती खातामा बैंकले सार्वजनिक गरेको ब्याजदरमा शाखाबाटै थप ०.५० प्रतिशत ब्याज सुबिधा प्रदान गर्न सकिने छ । लुम्बिनी सहयात्रा मुद्दती निक्षेप खाता योजानले मुलुकका सबै क्षेत्र, भेग र तहलाई फाईदा पुग्ने बैंकले विश्वास लिएको छ । यस विकास बैंकले देशभरका ६६ शाखाहरु र १६ वटा एटिएमबाट आफ्ना ग्राहक महानुभावहरुलाई उच्च स्तरीय आधुनिक एवं नविनतम प्रविधिसहितको बैंकिङ सेवा प्रदान गर्दै आईरहेको छ ।

Advertisement

Advertisement

Advertisement