इन्भेष्टमेन्ट बैंकले ल्यायो ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ नामक निक्षेप योजना

Advertisement

काठमाडौं । इन्भेष्टमेन्ट बैंकले ‘ग्रिन डबल फिक्स्ड डिपोजिट’ नामक साढे सात बर्षे अवधिको निक्षेप योजना ल्याएको छ । यस खातामा निक्षेपकर्ताले अवधि सकिएपछि दोब्बर निक्षेप पाउने बैंकले जनाएको छ ।

विश्वव्यापीरूपमा जलवायुको अवस्था बिग्रिरहेको परिप्रेक्षमा सामाजिकरूपमा जिम्मेवार रहने आफ्नो निरन्तरताको संकल्पसहित पृथ्वीलाई सम्मुख राख्दै दिगो र वातावरणमैत्री लगानीलाई प्रबद्र्धन गर्ने उद्देश्यसहित अंग्रेजी नयाँ वर्षका अवसरमा यो निक्षेप योजना ल्याएको जनाएको छ ।

यसबाहेक यस निक्षेप योजनाको विशेषता संकलन गरिएको निक्षेप नवीकरणीय ऊर्जादेखि हरित आवास, जलवायुअनुकूल (क्लाइमेट स्मार्ट) कृषिदेखि स्वच्छ पारवहन र प्रदूषण रोकथामसम्मका ग्रिन परियोजनाहरूमा लगानी गरिने जनाइएको छ ।

लगानीका क्षेत्रहरू विशुद्धरूपमा मुलुकमा कार्बनको असर निष्प्रभावी तुल्याउने (कार्बन न्युट्रिलाइजेसन) का दिशामा एक कदम अगाडि बढाउने र विश्वव्यापी जलवायु परिवर्तनसँग सम्बन्धित् चासोमुखी अभियानको समर्थन गर्ने ढाँचाले सुरुवात गरिएको बैंकले जनाएको छ ।

यसका साथै, बैंकले ‘ग्रिन डबल फिक्स्डडिपोजिट’ निक्षेपका केही अन्य लाभहरूमा निक्षेपकर्ताहरूले क्रेडिट कार्ड लिदा ५० प्रतिशत छुट प्राप्त गर्ने जनाएको छ । यो ग्रिन डबल मुद्दती निक्षेप राखेको डेढ वर्ष पूरा भएपछि निक्षेपको सतप्रतिशतसम्म ऋण सुविधा पनि प्राप्त गर्न सकिनेछ ।

Advertisement

Advertisement

Advertisement