एनआईसी एशियाले नयाँ वर्ष २०२० को अवसरमा ल्यायो क्यासब्याक अफर

Advertisement

काठमाडौँ । एनआईसी एशिया बैंकले आफ्ना सबै डेविट एवं क्रेडिट कार्डवाहक ग्राहकलाई नयाँ बर्ष २०२० को अवसरमा ३१ डिसेम्वर २०१९ देखि २५ फेब्रुवरी २०२० सम्म भिजा कार्ड मार्फत खरिदमा भुक्तानी गर्दा १० प्रतिशत वा अधिकतम १५ सय रुपियाँसम्म क्यासव्याक प्रदान गर्ने भएको छ ।

उक्त अफर अन्तर्गत क्यासव्याक प्राप्त गर्न बैंकका डेविट एवं क्रेडिट कार्ड वाहकहरुले सामान वा सेवा खरिद गर्दा न्यूनतम ५ सय रुपियाँ तथा सो भन्दा वढीको खरिद गर्नुपर्ने तथा योजना अवधिमा कम्तीमा ५ पटक सम्म कारोवार गरिएको हुनुपर्ने बैंकले जनाएको छ ।

यस योजनाले नेपाल सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्ष २०२० लाई समेत टेवा पुग्ने विश्वास बैंकले लिएको छ ।

Advertisement

Advertisement

Advertisement