पन्ध्र करोड ५१ लाख राजश्व छलि गर्ने ६ जना बिरुद्ध विभागले गर्यो मुद्दा दर्ता

Advertisement

काठमाडौँ । १५ करोड ५१ लाख राजश्व छली गर्ने फर्म तथा व्यक्ति बिरुद्ध मुद्दा दायर गरिएको छ । राजश्व अनुसन्धान विभागले काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।

झुट्टा तथा नक्कली मूल्य अभिबृद्धि कर बिजक प्रयोग गरी राजश्व छली गर्ने काठमाडौँ महानगरपालिका १० स्थित अग्रिम इन्टरप्राइजेज/अग्रिम निर्माण सेवाका प्रोपाइटर नविन चौलागाईँ समेत ४ जनाले राजश्व चुहावट गरेको अभियोगमा १२ करोड ८७ लाख बिगो कायम गरी बिगोको दोब्बर जरिवाना र ३ वर्ष कैद माग दाबी सहित पुस १७ गते मुद्दा दायर गरिएको हो ।

वस्तु तथा सेवा खरिद नै नगरी राजश्व चुहावट गरेकाले चौलागाईँ सहित फर्मका कर्मचारी तोयानाथ अधिकारी र अडिटर रामबहादुर तामाङ तथा दीपककुमार कोइराला समेतलाई मुद्दा दायर गरिएको विभागका महानिर्देशक दीर्घराज मैनालीले बताए ।

त्यसैगरी काठमाडौँ महानगरपालिका २५ घर भएका सन्दीप ट्रेडिङका प्रोप्राइटर प्रमिलाकुमारी साह तथा मुनेशकुमार रौनियारलाई भन्सार चोरी पैठारी गरी राजश्व चुहावट गरेको अभियोगमा २ करोड ६४ लाख बिगो कायम गरी बिगोको दोब्बरसम्म जरिवाना र ३ वर्षसम्म कैद सजाय माग दाबी सहित पुस २० गते काठमाडौँ जिल्ला अदालतमा मुद्दा दायर गरिएको छ ।

Advertisement

Advertisement

Advertisement