अमेरिकी सैन्य क्याम्पमा इरानी आक्रमण, तेश्रो विश्व युद्धको आशंका

Advertisement

काठमाडौं । अमेरिकी सैन्या शिविरमा इरानले आक्रामण गरेको छ । इराक स्थित अमेरिकी सेनाको क्याम्पमा इरानले रकेट आक्रमण गरेको हो ।

आफ्ना सैन्या कमाण्डर कासिम सुलोमानीको हत्याको बदला लिन अमेरिकी क्याम्पमा आक्रमण गरिएको इरानले बताएको छ । अमेरिकाले पनि इराकस्थित आफ्नो सैन्य क्याम्पमा इरानले आक्रमण गरेका स्विकार गरेको छ ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले नै इरानले रकेट आक्रममण गरेको र अब अमेरिका चुप लागेर नबस्ने घोषणा ट्वीटर मार्फत गरेका छन् ।

अमेरिका र इरानबीचको तनाबले अब दुई देशबिच युद्ध हुने र त्यसले तेश्रो विश्व युद्ध निम्त्याउने सम्भावना बढेको छ ।
इरानले इरबिल र अल असद शहरमा रहेका अमेरिकी सैन्य क्याम्पमा एक दर्जन भन्दा बढी रकेटबाट आक्रमण गरेको पेन्टागानले स्वीकार गरेको हो । आक्रमणको क्षतिबारे भने अहिलेसम्म इरान र अमेरिका दुबै देशले केहि बोलेका छैनन् । आफ्नो सैन्य क्याम्पमा आक्रमण भएपछि अमेरिकाले मित्र शक्तिहरुको समर्थन जुटाउने प्रयास थालेको छ ।
इरानलाई रुस र चीनले सहयोग गरिरहेका छन् भने अमेरिकासँग पश्चिमा शक्तिहरुको साथ रहेको छ ।

Advertisement

Advertisement

Advertisement