परिसंघका पदाधिकारी तथा भारतीय अधिकारीबीच भेटवार्ता, लगानी बढाउन आग्रह

Advertisement

काठमाडौँ । नेपाल उद्योग परिसंघका पदाधिकारीहरु तथा नेपालका लागि भारतका चार्ज डे अफेयर्स डा. अजयकुमार बीच भारतीय दूतावासमा भेटघाट एवम् छलफल सम्पन्न भएको छ ।

छलफलका क्रममा परिसंघका अध्यक्ष सतिशकुमार मोरले नेपालमा भारतीय लगानी बढाउन दुतावास तथा परिसंघ मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको बताए । उनले नेपालमा लगानीको वातावरण बन्दै गएको परिप्रेक्षमा भारतबाट लगानीकर्ताहरुलाई नेपाल ल्याउन दुतावासलाई आग्रह गरेका थिए ।

नेपालले मनाई रहेको भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतीय पर्यटकहरुलाई नेपाल भित्र्याउन दूतावासलाई पहल गर्न समेत आग्रह गर्छु–अध्यक्ष मोरले भने ।

चार्ज डे अफेयर्स डा. अजयकुमारले नेपाल भ्रमण वर्ष २०२० लाई सफल बनाउन भारतमा यसको प्रचार–प्रसारलाई अझै तीब्र बनाउन आवश्यक रहेको जनाउँदै स्थलमार्गबाट नेपाल आउने भारतीय पर्यटकहरुलाई सरलिकृत व्यवस्था भए भारतबाट नेपाल आउने पर्यटकको संख्यामा उल्लेख्य वृद्धि हुन सक्ने बताए ।

विराटनगरमा आईसीपी निर्माण सम्पन्न भई प्रयोगमा आउने अवस्थामा रहेको जानकारी गराउँदै भारत नेपालमा लगानी बढाउन तथा यहाँको अन्तर्राष्ट्रिय व्यापारको सहजिकरण गर्न सधैँ तयार रहेको बताएका थिए ।

सो भेटवार्तामा परिसंघका उपाध्यक्षहरुको समेत उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement