सुनको मूल्य ओरालो लाग्ने क्रम जारी, आज पनि तोलामा नौ सय घट्यो

Advertisement

काठमाडौं । साताको अन्तिम दिन आज शुक्रबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार गत बिहीबार ७५ हजार पाँच सय रुपियाँमा कारोबार भइरहेको छापावाला सुनको मूल्य आज एक हजार रुपियाँले घटेरर प्रतितोला ७४ हजार छ सय रुपियाँ कायम भएको हो ।

आज महासंघले तेजाबी सुन प्रतितोला ७४ हजार तीन सय रुपियाँ कायम गरेको छ । त्यस्तै, महासंघले प्रति १० ग्राम छापावाला सुनको मूल्य ६३ हजार ९६० रुपियाँ कायम गरेको छ भने प्रति १० ग्राम तेजावी सुनको मूल्य ६३ हजार ७०५ रुपियाँ कायम गरेको छ ।

त्यस्तै, चाँदीको मूल्य ८८५ रुपियाँमा कारोबार भएको छ । महासंघले आज प्रति १० ग्राम चाँदीको मूल्य ७५९ रुपियाँ कायम गरेको छ ।

Advertisement

Advertisement

Advertisement