अमेरिकी डलर पठाउँछु भन्दै ठगी गर्ने ५ जनालाई सीआईबीले समात्यो

Advertisement

काठमाडौँ । विदेशबाट अमेरिकी डलर लगायतका विभिन्न बहुमूल्य वस्तु पठाइदिन्छु भन्दै ठगी गर्ने नेपाली, नाइजेरियन र आइबेरीकोष्टका ५ जनालाई नेपाल प्रहरी, केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले पक्राउ गरेको छ ।

नाइजेरियाका ४० वर्षिय साइरिल, आइबेरीकोष्टका २३ वर्षिय अस्पे, चितवन गुञ्जनगर घर भई काठमाडौँ बस्ने ४० वर्षिय रामचन्द्र गैरे, काठमाडौँ ठमेलका ४९ वर्षिय उमेश श्रेष्ठ र चितवन कालिकानगर घर भई काठमाडौँ बनस्थली बस्ने ३१ वर्षिय हरी ओझालाई काठमाडौँका विभिन्न स्थानबाट बुधबार सीआईबीले पक्राउ गरेको प्रहरी उपरीक्षक वेलबहादुर पाण्डेले जनाएका छन् ।

फेसबुक, वाट्स एप, भाइबर, इमो र ट्वीटर मार्फत विदेशी नागरिकहरुको नाममा प्रोफाइल तयार गरी विभिन्न व्यक्तिहरुलाई फ्रेण्ड रिक्वेस्ट पठाई साथी बनाएर ठगी गर्दै आएका थिए ।

विभिन्न बहुमूल्य सामान, बेलायती पाउण्ड, अमेरिकी डलर समेत भएको पार्सल पठाउने प्रलोभनमा पार्ने गरेका थिए । इमेलमा बहुमूल्य गरगहना, समानहरु र डलरसहितको फोटो पठाई सो पार्सल लिएर मेरो मान्छे नेपाल आउँदैछ र मैले पठाएका सामान लिनु भनी प्रलोभनमा पार्ने गरेका थिए ।

९८०३८०४८५८ नम्बरबाट विदेशी नागरिकले फोन गरी तपाईँको सामान मैले लिएर आएको थिएँ र एअरपोर्टमा एक्सरे मेशिनबाट हेर्दा डलरसमेत रहेछ, त्यसैले सो छुटाउनका लागि नेपाली पैसा चाहिने भयो भनी विभिन्न व्यक्तिहरुको खाता नम्बर उपलब्ध गराई रकम जम्मा गर्न लगाएर ठगी गर्दै आएका थिए ।

बुधबार काठमाडौँका विभिन्न स्थानबाट पक्राउ परेका सबैलाई ठगी मुद्दामा म्याद थप गरी पीडित व्यक्तिहरुबारे बुझ्ने लगायतका आवश्यक अनुसन्धानका कार्यहरु भइरहेको सीआईबीका प्रवक्ता प्रहरी उपरीक्षक पाण्डेले बताए ।

Advertisement

Advertisement

Advertisement