जिल्ला वन अधिकृत सहित १३ जना बिरुद्ध विशेष अदालत काठमाडौंमा डेढ करोडको भ्रष्टाचार मुद्दा

Advertisement

काठमाडौँ । गैरकानूनी रुपमा रुख कटान गरी सार्वजनिक सम्पत्ति हानी नोक्सानी गर्ने जिल्ला वन कार्यालय मकवानपुरका तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपानेसहित १३ जना बिरुद्ध १ करोड ५२ लाख १९ हजार ३२६ रुपियाँ बिगो कायम गरी विशेष अदालत काठमाडौंमा मुद्दा दायर भएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आइतबार मुद्दा दर्ता गरेको हो ।

जिल्ला वन कार्यालय हेटौडासमेतले गैर कानूनीरुपमा काठ कटान गरी सार्वजनिक सम्पत्ति हानिनोक्सानी गरेको भन्ने उजुरी आयोगमा परेको थियो ।

सोही उजुरीमाथि अनुसन्धान हुँदा तत्कालीन गढी ईलाका वन कार्यालय, मकवानपुर, सेक्टर वन कार्यालय मकवानपुर, जिल्ला वन कार्यालय मकवानपुर, क्षेत्रीय वन निर्देशनालय हेटौडासमेतका कर्मचारीहरु र सेतीदेवी सामुदायिक वन उपभोक्ता समुहका पदाधिकारीहरुको मिलेमतोमा स्वीकृत कार्ययोजना तथा निर्णय विपरीत उक्त वनका हरिया साल तथा अस्ना जातका रुखहरुको हुन आउने परिमाण ९१७८.०९ क्यू फिट काटि बिक्री वितरण गरिएको पाइएको छ ।

नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याई भ्रष्टाचार निवारण ऐन, २०५९ बमोजिम भ्रष्टाचारजन्य कसुरमा संलग्न भएको पाइएको हुँदा विशेष अदालत काठमाडौंमा आरोपपत्र दायर गरिएको आयोगका प्रवक्ता प्रदीपकुमार कोइरालाले जनाएका छन् ।






































































































सि.नं. पद, नामथर कार्यालय बिगो रु. कसुर र मागदाबी
 तत्कालीन जिल्ला वन अधिकृत राजेन्द्र न्यौपाने जिल्ला बन कार्यालय मकवानपुर १,५२,१९,३२६।७६ भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १९ को उपदफा (२) र भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ को समेत कसुर गरेको हुँदा निजलाई सोही ऐनको दफा १७ ले निर्देश गरे बमोजिम सोही ऐनको दफा ३ को उपदफा (१) र दफा ३ को उपदफा (१) को खण्ड (झ) एवं सोही ऐनको दफा १९ को उपदफा (२) बमोजिमसमेत सजाय गरी भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १७ बमोजिम हानिनोक्सानी गरेको बिगो रकम असुलउपर हुनसमेत मागदाबी लिइएको छ।
तत्कालीन सहायक वन अधिकृत रामवावु यादव ईलाका वन कार्यालय गढी मकवानपुर १,५२,१९,३२६।७६    ”
 तत्कालीन सहायक वन अधिकृत हाल अवकाशप्राप्त राजेन्द्रमान राजभण्डारी सेक्टर वन कार्यालय फापरवारी, मकवानपुर १,५२,१९,३२६।७६
 तत्कालीन सहायक वन अधिकृत बिशाल भट्टराई जिल्ला वन कार्यालय मकवानपुर १,५२,१९,३२६।७६  ”
तत्कालीन सहायक वन अधिकृत सोनालालप्रसाद जयसवाल १,५२,१९,३२६।७६
 तत्कालीन सहायक वन अधिकृत नारायण वहादुर कार्की क्षेत्रीय वन निर्देशनालय, हेटौंडा १,५२,१९,३२६।७६
तत्कालीन रेन्जर राजु लामा १,५२,१९,३२६।७६
तत्कालीन फरेष्टर मोहनराज घिमिरे गढी ईलाका वन कार्यलय, मकवानपुर १,५२,१९,३२६।७६  ”
 तत्कालीन बन रक्षक किरणकुमार क्षेत्री १,५२,१९,३२६।७६
१०  तत्कालीन बन रक्षक धनलाल यादव १,५२,१९,३२६।७६
११ अध्यक्ष कमानसिंह न्यासुर सेतीदेवी सामुदायिक वन उपभोक्ता समूह १,५२,१९,३२६।७६ निजलाई भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा ८ को उपदफा (४) बमोजिम सजाय गरी नेपाल सरकारलाई हानिनोक्सानी पुर्‍याएको बिगो रकम सोही ऐनको दफा ८ को उपदफा (४) बमोजिम असुलउपर गरी जफत हुन मागदाबी लिइएको छ ।
१२ सचिव हरिमाया मोक्तान  ” १,५२,१९,३२६।७६  ”
१३ कोषाध्यक्ष रेजिना गोले  ” १,५२,१९,३२६।७६  ”



Advertisement

Advertisement

Advertisement