सिन्धुपाल्चोकमा सुक्खा पहिरोबाट विद्युत् आयोजनामा क्षति

Advertisement

चौतारा । सिन्धुपाल्चोकको भोटेकोशी गाउँपालिका–२ तातोपानीमा कलाछे भन्ने स्थानमा सोमबार बेलुका झरेको सुक्खा पहिरोले भैरवकुण्ड विद्युत् आयोजनामा व्यापक क्षति पुगेको छ । क्षति पुगेसँगै ३.१ मेगावाट विद्युत् उत्पादनसमेत बन्द भएको छ ।

पहिराबाट कार्यालय भवन, बाँध र एक स्काभेटरसमेत पुरिएका छन् । करीब २५० मिटर लम्बाइ र १५० मिटर चौडाइको उक्त पहिराबाट भैरवकुण्डस्थित लार्चाखोलाको तीन भाग पानीमध्ये एक भाग थुनिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक माधवप्रसाद काफ्लेले जानकारी दिए ।

Advertisement

Advertisement

Advertisement