नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा भीमसेन मन्दिर पुनर्निर्माणका लागि ५० लाख हस्तान्तरण

Advertisement

काठमाडौँ । भीमसेन मन्दिर पुनर्निर्माणका लागि सरोकार समितिलाई नेपाल इन्भेष्टमेण्ट बैंकद्वारा बुधबार एक समारोहका बीच ५० लाख रुपियाँको चेक हस्तान्तरण गरिएको छ । पुनर्निर्माण सरोकार समितिका अध्यक्ष कृष्णलाल महर्जनलाई चेक हस्तान्तरण गरिएको हो ।

२०७२ साल वैशाख १२ गते गएको विनाशकारी भूकम्पबाट क्षतिग्रस्त पाटन मंगलबजार स्थित भीमसेन मन्दिर पुनर्निर्माणको लागि जिल्ला स्थित विभिन्न जातीय समाज, व्यापारिक वर्ग, संघ संस्था, मंगल टोल सुधार समिति समेतको आग्रहमा ललितपुर महानगरपालिका र ललितपुर उद्योग वाणिज्य संघको अगुवाईमा श्रोत जुटाउने गरी मन्दिरको पुनर्निर्माणको कार्य दु्रतगतिमा भईरहेको छ ।

‘हाम्रो सम्पदा हामी आफै बनाउ’ भन्ने नाराका साथ काठमाडौँ भ्याली प्रिजर्भेसन ट्रष्टको प्राविधिक सहयोगमा मन्दिरको छानामा सुन लेपन बाहेक चार करोड त्रियानव्वे लाखको अनुमानित लागतमा शुरु गरिएको जनाइएको छ । बैंकले मन्दिर पुनर्निर्माणका लागि उक्त बैंकका अध्यक्ष पुथ्वीबहादुर पाण्डेले आफ्नो प्रतिवद्धता अनुरुप हाललाई ५० लाख रुपियाँको आर्थिक सहयोग बैंकका प्रमुख कार्यकारी अधिकृत ज्योतिप्रकाश पाण्डे मार्फत हस्तान्तरण गरिएको हो ।

Advertisement

Advertisement

Advertisement