नुवाकोटको गोरु जुधाई: शंशाक कोइरालाबाट उद्घाटन, रमेश महतबाट समापन

Advertisement

काठमाडौँ । माघे संक्रान्तिका दिन नुवाकोटको तारुकास्थित चन्दनीडाँडा गाउँमा भने अर्को बेग्लै रौनक थियो– बलवान साँढेहरुको रोचक घम्साघम्सी । आफ्नै देशको मौलिक शैली र संस्कृति बनिसकेको नेपालकै एकमात्र गोरु जुधाई मेलाले विश्वमै चर्चित खेल प्रतियोगिता मानिएको स्पेनको बुलफाइट पनि बिर्साउने भिन्नै आकर्षण बन्यो ।

एकसय ५० वर्षभन्दा अघिदेखि ती परिकारहरुको अतिरिक्त धुमधाम शैलिमा मनाइने गोरुजुधाई मेला नुवाकोट जिल्लाको सुन्दर गाउँ तारुकावासीको अमिट पहिचान र नेपालीहरुकै सुन्दर संस्कृति बनिसकेको छ । धेरैका लागि यो गोरु जुधाई भिन्न, नौलो र रोचक छ । भयंकर फराकिलो बारीको पाटोमा गाउँका अजंगका साँढेहरु जम्मा पारेर बाजी थाप्दै जुधाईने यो प्रतियोगिता २ सय वर्षअघिदेखी चल्दै आएको स्थानीयहरुको कथन छ ।

बझाङ्गी राजा जयपृथ्वीबहादुर सिँह हालको गोरुजात्रा हुने स्थान अर्थात हालको तारकेश्वर गाउँपालिका–३ चन्दनीस्थित मामाघर आउँदा भन्जालाई स्वागत र मनोरञ्जन गराउन उनका मावलीले बाजागाजासहित साँढे जुधाउने परम्परा पहिलोपटक सुरु गरेका थिए । उक्त दिन माघेसङ्क्रान्ति भएको र त्यसै समयदेखि गोरु जुधाउने परम्पराको थालनी भएको स्थानीय बुढापाकाहरुको धारणा छ ।

उत्त गोरु जुधाई मेलाको उद्घाटन नेपाली कांग्रेसका महामन्त्री डा. शसांक कोईरालाको प्रमुख आतिथ्यमा उद्घाटन भएको थियो । ऊक्त गोरु जुधाई मेलाको समापन नेपाली काँग्रेसको युवा नेता महासमिति सदस्य रमेशकुमार महतबाट भएको थियो र उत्त कार्यक्रमको विजेता, उपबिजेता र सहभागि कृषकहरुलाई प्रमाणपत्र, नगद पुरस्कार, कप र खाना बनाऊने कुकर वितरण युवा नेता रमेशकुमार महतले गरेका थिए ।

उत्त कार्यक्रममा रसुवा नुवाकोट परेटन समाजका महासचिव शिव अधिकारीले कार्यक्रमको लागि नेपाल भ्रमण वर्ष २०२० सचिवालय र नेपाल पर्यटन बोर्डको सहयोग रहेको बताए । उनले यसले आन्तरिक पर्यटन प्रवर्द्धनमा सघाउ पुग्ने उनले बताए । तारुकामा घरबासको पनि सुरुवात भएको उनले जनकारी दिए । मेलाले स्थानीय रूपमा उत्पादन हुने बस्तुको प्रवर्द्धनमा समेत सघाउ पुग्ने बताइएको छ ।

Advertisement

Advertisement

Advertisement