धेरै अण्डा खाँदा रोग लाग्ने खतरा बढी

Advertisement

काठमाडौं । प्राय गरी आम मानीसलाई अण्डा धेरै मनपर्छ । अझ भनौँ कतिपय परिवारमा तरकारी नै ‘एग करी’ भनेर पकाउने गरिन्छ । एउटा हिन्दी भनाइ छ, ‘सन्डे होस् वा मन्डे, रोज खाओ अण्डे’ यो भनाइले अण्डा खान प्रोत्साहित गरिरहेको देखिन्छ । नेपाली समाजमा पनि यसको प्रभाव धेरै नै परेको छ ।

अण्डा खाँदा हुने फाइदा र बेफाइदाको बारेमा पनि हामीलाई धेरैले बताउने गर्छन् । तर के तपाईलाई थाहा छ स्वस्थ शरीरका लागि दिनमा कतिवटा अण्डा खानु उचित हुन्छ ? अनि यसलाई कसरी पकाउनु पर्छ ? दिनको दुईवटा अण्डा खाँदा त्यसले मुटुसम्ब्धी रोग लाग्ने खतरा बढाउने अमेरिकाको एउटा अध्ययनले देखाएको छ ।

अण्डा खानु स्वास्थ्यका लागि ठिक कि बेठिक भन्ने विषयमा विज्ञहरूले वर्षौँदेखि बहस गर्दै आएका छन्। यसको उत्तर हामी प्रत्येक हप्ता कति अण्डा खान्छौँ भन्नेमा भर पर्ने एउटा मेडिकल जर्नलमा प्रकाशित नयाँ अध्ययनले देखाएको छ।

उक्त अध्ययनका अनुसार दिनमा जम्मा दुईवटा मात्रै अण्डा खाँदा पनि त्यसले मुटुलाई हानि पुर्र्याउन र उमेर नपुग्दै मृत्यु हुन सक्छ । अण्डाको पहेँलो भागमा धेरै मात्रामा कलेस्ट्रल हुने कारणले खतरा देखिएको हो। एउटा ठूलो अण्डामा झन्डै ‍१८५ मिलिग्राम कलेस्ट्रल हुन्छ। यो मात्रा विश्व स्वास्थ्य सङ्गठनले दैनिक अधिकतम खान हुने भनेको ३०० मिलिग्रामको आधाभन्दा धेरै हो।

रोग लाग्ने खतरा कति ?

उक्त अध्ययन १७ वर्षमा ३० हजारभन्दा बढी सहभागीहरूमा गरिएको छ वटा परीक्षणहरूको तथ्याङ्कमा आधारित छ।

अनुसन्धानकर्ताहरूले प्रतिदिन ३०० मिलिग्राम कलेस्ट्रल खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा १७ प्रतिशतले र उमेर नपुग्दै ज्यान जाने खतरा १८ प्रतिशतले बढ्ने निष्कर्ष निकालेका छन्। उनीहरूले हप्तामा तीनदेखि चारवटा अण्डाहरू खाँदा मुटुसम्बन्धी रोग लाग्ने खतरा छ प्रतिशतले र उमेर नपुग्दै मृत्यु हुने खतरा आठ प्रतिशत बढ्ने बताएका छन्।

दिनको दुईवटा अण्डा खाँदा पनि त्यसले यी खतराहरू क्रमशः २७ प्रतिशत र ३४ प्रतिशतले बढाउँछ। सो अध्ययन उमेर, शारीरिक क्षमता, सुर्तीसेवन वा उच्च रक्तचापसँग सम्बन्ध नहेरी गरिएको हो।

कति खाने अण्डा ?

पोषणतत्वले भरिपूर्ण भएकै कारण चिकित्सकहरू दिनमा एउटा अण्डा खाने सल्लाह दिने गर्छन् । अण्डामा भिटामिन ए, डी, बी तथा बी १२, लूटीन तथा जीएजेनथीन लगायतका तत्व पाइन्छ । यी तत्व आँखाका लागि निकै फाइदाजनक मानिन्छ ।

व्रिटेनका पोषणविद् डा. प्रmान्की फिलिप्स अनुसार अण्डा जति पनि खान सकिन्छ । त्यसमा कुनै शंका छैन । तथापि अधिक मात्रामा अण्डाको सेवनले शरीरलाई अन्य खानाबाट पाइने आवश्यक पोषण तत्व प्रदान हुँदैन । त्यसैले त पोषणविद्हरू सन्तुलित आहार सेवन गर्ने सल्लाह दिने गर्छन् ।

फिलिप्स भन्छन्,’ अण्डा प्रोटिनको राम्रो स्रोत हो । हामीले खाने अन्य खानेकुराबाट पनि शरीरले आवश्यक मात्रामा प्रोटिन पाइरहेको हुन्छ । शरीरको आवश्यकता भन्दा दुई वा तीन गुणा बढी प्रोटिनले मिर्गौलामा नराम्रो असर पार्नसक्छ’ ।

अण्डामा प्रोटिनका साथै कोलेस्ट्रोल हुने गरेको तथ्य फेला पारेपछि व्रिटिश हार्ट फाउन्डेसनले सन् २००७मा हप्तामा तीन वटासम्म अण्डा खाने सुझाव दिएको थियो ।

अण्डासम्बन्धी अन्तर्राष्ट्रिय निकाय इन्टर्न्याश्नल एग कमिशनको सन् २०१५ को तथ्याङ्कले अमेरिकीहरू विश्वमा धेरै अण्डा खानेमा पाँचौ देशमा पर्छन्। अमेरिकामा प्रत्येक वर्ष प्रतिव्यक्ति २५२ वटा अण्डा उपभोग हुन्छ। तर त्यहाँ २० प्रतिशत मृत्युको कारण मुटुरोग हो।

प्रतिवर्ष प्रतिव्यक्ति ३२८ वटा अण्डा खाने जापानमा भने मृत्यु हुनेमध्ये ११ प्रतिशत मात्रै मुटुसम्बन्धी रोगका कारण मर्छन्।

साल्मोनिया व्याक्टेरिया

व्रिटेनकी पूर्व स्वास्थ्य मन्त्री एडविना कुरीले डिसेम्बर १९९८८ मा भनेकी थिइन्, व्रिटेनमा उत्पादन हुने धेरैजसो अण्डामा साल्मोनिया व्याक्टेरिया हुने गर्छ । यो व्याक्टेरिया स्वास्थ्यका लागि घातक मानिन्छ । त्यही कारण उनको कुराले व्रिटेनमा हलचल मच्चिएको थियो । यसकै कारण एडविनाले राजीनामा दिनु परेको थियो ।

अण्डालाई कसरी पकाउने ?

जहाँसम्म अण्डालाई पकाउने कुरा छ, अण्डालाई साधारण तरिकाले पकाएर वा उमालेर खानु पर्दछ । धेरैजसो पोषणविद्हरू अण्डालाई फ्राई गरेर नखान सल्लाह दिन्छन् । अण्डालाई फ्राई गर्दा फ्याट तथा कोलेस्ट्रोलको मात्रा बढ्छ ।

विशेषगरी मायोनिज तथा हआइसक्रिममा हालेर काँचो तथा हल्का तरिकाले पकाइएको अण्डा स्वास्थ्यका लागि फाइदाजनक हुन्छ । कसैलाई फुड प्वाइजनिङको डर छ भने त्यस्ता व्यक्तिले अण्डालाई राम्ररी पकाएर पनि खान सक्छन् ।

अण्डाको एलर्जी

कतिपय व्यक्तिहरूलाई अण्डाको एलर्जी हुनसक्छ । पाँच वर्षभन्दा कम उमेरका बालबालिकालाई यो समस्या धेरै हुने गर्छ ।

अण्डाको एलर्जी भएमादेखा पर्ने लक्षण 

–मुख वरिपरिको भाग रातो हुने, सुन्निने

–पेट दुख्ने

–वान्ता आउने

–दिसा लाग्ने

कमैलाई मात्र यो समस्याका कारण ज्यान जाने खतरा बढी हुन्छ तर पनि एलर्जी भएमा चिकित्सकसित परामर्श लिनु जरुरी हुन्छ । डा. फिलिप्स भन्छन्, ‘यस किसिमको कुनै एलर्जी छैन, उनीहरूले अण्डालाई कुनै पनि तरिकाले पकाएर खान सक्छन् तर अण्डालाई कसरी पकाइन्छ भन्ने कुरामा भने विशेष ध्यान दिन जरुरी छ ।

Advertisement

Advertisement

Advertisement