अब विकास बैंकहरु पनि एनसीएचएलको कनेक्ट आरटीजीएस प्रणालीमा

Advertisement

काठमाडौं । नेपाल राष्ट्र बैंकको रियल टाइम ग्रस सेटलमेन्ट (आरटीजीएस) प्रणाली विस्तार गर्ने क्रमलाई निरन्तरता दिदै नेपाल क्लियरिङ हाउसले अब विकास बैंकहरुलाई नेपाल राष्ट्र बैंकबाट संचालित आरटीजीएस प्रणालीसँग इन्टिग्रेसन गर्न सहयोग गर्नेछ ।

यस सम्बन्धमा नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले मुक्तिनाथ विकास बैंक, ज्योति विकस बैंक, गरिमा विकास बैंक, कामना सेवा विकास बैंक र लुम्बिनी विकास बैंकसँग भिन्दा–भिन्दै सम्झौता गरेको छ ।

उक्त सम्झौता अनुरुप, नेपाल क्लियरिङ्ग हाउसले बैंकहरुलाई आरटीजीएस प्रणाली मार्फत् कारोबारहरु गर्न तथा आफ्नो कोर बैंकिङ प्रणालीमा जोड्न चाहिने आवश्यक आरटीजीएस इन्टीग्रेसन मिडलवेयर कनेक्ट आरटीजीएस उपलब्ध गराउने भएको छ ।

विकास बैंकहरुसँगको यस सम्झौतासँगै नेपाल क्लियरिङ्ग हाउस लिमिटेडले नेपाल राष्ट्र बैंकको आरटीजीएस प्रणालीको प्रभावकारिता बढाउन विशेष सहयोग पु¥याउने अपेक्षा गरिएको छ । कनेक्ट आरटीजीएस प्रणाली पहिलो चरणमा अधिकांश ’क’वर्गका वाणिज्य बैंकहरुमा सफलतापूर्वक कार्यान्वयनमा आईसकेको छ र अब नेपाल राष्ट्र बैंकसंग आरटीजीएस प्रणालीको लागी सिधै सदस्यको रुपमा सम्झौतागरी सकेका ’ख’तथा’ग’वर्गका वित्तिय संस्थाहरुको लागीपनिउपलब्ध गराइने छ ।

एनसीएचएलले आफ्ना सदस्य बैंक तथा वित्तिय संस्थाहरु, गैर–बैंकिङ सदस्यहरु जस्तै सरकारी तथा अर्धसरकारी संस्था र अन्य सेवा प्रदायकहरुलाई विभिन्न राष्ट्रिय भुक्तानी पूर्वाधारहरुको स्थापना तथा सन्चालनमार्फत समग्र बैकिङ क्षेत्रलाई सहयोग पुर्आएको छ ।

Advertisement

Advertisement

Advertisement