सिर्जना फाइनान्स र महुली लघुवित्तको शेयर कारोबार रोक्का

Advertisement

काठमाडौँ । मर्जर प्रक्रियामा अघि बढेका दुई वित्तीय संस्थाको शेयर कारोबार रोक्का भएको छ ।

सनराइज बैंकले प्राप्ति गर्ने बारेमा बुधबार सहमति पत्रमा हस्ताक्षर भएपछि सिर्जना फाइनान्सका कार्यकारी अधिकृत भवानी शंकर चापागाञीले बुधबारनै नेप्सेलाई पत्र लेख्दै शेयर कारोबार रोक्का गर्न अनुरोध गरेका छन् ।

यता, महुली र नवकिरण लघुवित्त एक आपसमा गाभिने सहमति पत्रमा बुधबार हस्ताक्षर भएको पत्र प्राप्त भएपछि नेप्सेले विहीबारबाटै महुलीको शेयर कारोबार रोक्का गरेको छ ।

नेप्सेका कामु सहायक प्रबन्धक सुबोध ढुंगेलले महुलीलाई पत्र लेख्दै बैंक तथा वित्तीय संस्था एक आपसमा गाभिने(मर्जर) तथा प्राप्ति(एक्वीजिशन) सम्बन्धी बिनियमावली २०७३ को बिनियम ६(१) बमोजिम शेयर कारोबार रोक्का गरिएको उल्लेख गरेका छन् ।

Advertisement

Advertisement

Advertisement