चितवनमा ‘टाटा मोर्टर्स कार्निभल’, एकै स्थानबाट बिभिन्न गाडी किन–बेचको सुबिधा

Advertisement

काठमाडौँ । टाटा मोटर्सको नेपाल स्थित एक मात्र आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङ प्रालिले काठमाडौंमा सफल आयोजना पछि सिप्रदी ट्रेडिङ र सिप्रदी ट्रेडिङका बिक्रेता शेखर मोटर्सको सहकार्यमा माघ ९ गतेदेखि ११ गतेसम्म चितवनमा पहिलो पटक ‘टाटा मोर्टर्स कार्निभल’ आयोजना गरिरहेको छ ।

‘टाटा मोर्टर्स कार्निभल’ बिहान ११ बजे देखि साँझ ७ बजेसम्म होटल स्टार ब्याङ्केट, भरतपुर—९, हाक्किमचोक चितवनमा भइरहेको हो । यस मेलामा ग्राहकहरुले एकै स्थानबाट बिभिन्न गाडी किन—बेचको सुबिधा प्राप्त गर्न सक्नेछन् ।

मेलामा टाटा मोटर्स्का विभिन्न मोडलका गाडीहरु एकै स्थानबाट खरिद गर्नुका साथै ग्राहकहरुले आफ्नो कुनै पनि पुरानो गाडी, नयाँ गाडी सँग साट्न सक्नेछन् । यस मेलामा अन द स्पट फाइनान्सिङका साथै पुरानो गाडीको उत्कृष्ट मूल्याकङ्कन र एक्सचेञ्ज बोनस अप टु वन लाख जस्ता सेवा तथा सुविधाहरु ग्राहकहरुले पाउने आयोजकले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement