प्रभु बैंकको नयाँ शाखा कार्यालय रुपन्देहिको रोहिणी गाउँपालिकामा

Advertisement

काठमाडौं । प्रभु बैंकले रुपन्देहि जिल्लाको रोहिणी गाउँपालिका वडा नं. ०३ स्थित धकधइमा २०५औं शाखा सञ्चालनमा ल्याएको छ । बैंकको उक्त शाखा कार्यालयको उद्घाटन आइतबार रोहिणी गाउँपालिकाका अध्यक्ष सनोज कुमार यादवले गरेका हुन् ।

बैंकको शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी सनोज कुमार यादवले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ पहुँच नपुगेको ठाउँहरुमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले देशभरिनै बैंकिङ पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै बैंकलाई सफलताको शुभकामना व्यक्त गरे ।

बैंकका शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवीलगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो । बैंकको कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले प्रभु बैंकको गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र स्थानीय सर्वसाधारणमा बैंकिङ बानीको विकासमा अभिवृद्घि भई स्थानीयस्तरको सम्पुर्ण आर्थिक कारोबार बैंकिङ प्राणालीमा प्रवेश गर्ने विश्वास लिएको छ ।

Advertisement

Advertisement

Advertisement