वर्षासँग दयाहाङ र पलको ‘२ नम्बरी’ चलचित्र माघ २५ बाट छायांकन सुरु गरिने

Advertisement

काठमाडौं । यसअघि ‘घामपानी’ र ‘छ माया छपक्कै’ निर्देशन गरिसकेका निर्देशक दीपेन्द्र लामाले अब नयाँ फिल्म ‘२ नम्बरी’ बनाउने भएका छन्। यो चलचित्रको सोमबार काठमाडौंमा एक समारोहबीच निर्माण घोषणा गरियो ।

फिल्ममा दयाहाङ राई, पल शाह, वर्षा राउत र बुद्धि तामाङ प्रमुख भूमिकामा रहने जानकारी दिइयो। पलसँग दीपेन्द्रको यो पहिलो सहकार्य हुनेछ । फिल्मको घोषणा कार्यक्रममा भने बुद्धि सहभागी थिएनन्, अन्य तीन भने सहभागी थिए।

चलचित्रमा लेखन पनि लामाकै रहने छ । चलचित्रमा दुई जना साथीको कथालाई समेटिएको पनि लामाका अनुसार एउटा सुन्दर गाउँका दुई जना साथी, उनीहरूको मित्रता र दुश्मनीको कथामा यो चलचित्र बन्नेछ । साथमा, चलचित्रले समाजमा हुने गरेका २ नम्बरी कामलाई पनि उठान गर्नेछ ।’

अभिनेता दयाहाङ राइले पत्रकार भेटघाटका क्रममा बोल्दै चलचित्रको कथा मन परेपछि आफू यसमा काम गर्न तयार भएको बताए । अभिनेत्री वर्षा राउतले चलचित्रको कथा र विषयवस्तु आफूलाई मन परेकै कारण यो फिल्ममा जोडिएको बताइन् ।

२५ माघबाट छायांकन सुरु गरिने यो चलचित्रमा सुशन प्रजापतिको छायांकन, रामजी लामिछानेको कोरियोग्राफी रहनेछ । रेड बर्ड प्रोडक्सन र आरआर फिल्म प्रोडक्सनको ब्यानरमा निर्माण हुन लागेको यो चलचित्रको प्रस्तुतकर्तामा किरण नेपाली, कार्यकारी निर्मातामा रत्न श्रेष्ठ छन् । जसमा निर्मातामा रोहित कट्टेल, सरोज नेपाली, सह निर्मातामा अमलादेवी राई छन् ।

Advertisement

Advertisement

Advertisement