२०७८ बैशाखमा नेकपाको एकल अध्यक्ष केपी, प्रचण्ड की माधव नेपाल ?

Advertisement

काठमाडौं । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले २०७७ चैतमा महाधिवेशन गर्ने भएको छ । राजधानीमा सुरु भएको दोश्रो पूर्ण बैठकमा पार्टी अध्यक्षद्धय केपी ओली र प्रचण्डले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमा २०७७ चैत २५ देखि ३० गतेसम्म महाधिवेशन गर्ने उल्लेख गरिएको छ ।

प्रस्तावित मितिमा महाधिवेशन सम्पन्न भएमा २०७८ बैशाखबाट नेकपाले एकल अध्यक्ष पाउनेछ ।  हाल पार्टीमा केपी ओली र प्रचण्ड दुई जना कार्यकारी अध्यक्ष रहेका छन् । २०७७ चैतको महाधिवेशनबाट एकल अध्यक्ष बन्ने दौडमा वर्तमान अध्यक्ष केपी ओली, प्रचण्डदेखि बरिष्ठ नेता माधव कुमार नेपाल छन् ।

उस्तै परे केपी ओलीको उत्तराधिकारीका रुपमा अध्यक्ष बन्ने योजनामा इश्वर पोखरेल समेत रहेका छन् ।

Advertisement

Advertisement

Advertisement