चीनले भन्यो– चिन्ता नलिनुस्, वुहानमा रहेका नेपालीको स्वास्थ्य सुरक्षाको हामी ग्यारेन्टी गछौं

Advertisement

काठमाडौं । काठमाडौंस्थित चिनियाँ दूतावासले वुहानमा रहेका सबै नेपालीको सुरक्षाको ज्ञारेन्टी आफूहरुले गर्ने भन्दै चिन्ता नगर्न नेपाललाई आग्रह गरेको छ ।

दूतावासले विज्ञप्तिमार्फत सबै नेपालीको स्वास्थ्य जाँच गरी उनीहरुको स्वास्थ्य सुरक्षा गर्न चीन प्रतिवद्ध रहेको भन्दै चिन्ता नगर्न आग्रह गरेको हो । कोरोना भाइरसको संक्रमण बढेसँगै वुहानमा पढन बसेका नेपालीहरुलाई फिर्ता ल्याउने प्रयास अघि बढेपछि चीनले उक्त कुरामा आश्वस्त गराउने प्रयास गरेको हो ।

साथै, चिनियाँ राजदूत होउ यान्छीले स्वास्थ्यमन्त्री भानुभक्त ढकाललाई पनि भेटी यस विषयमा कुरा गरेकी छन् । ढकालसँग भेट भएको तस्वीर राजदूत यान्छीले सामाजिक सञ्जालमा पोष्ट गरेकी छन् । चिनियाँ दूतावासले कोरोना भाइरस नियन्त्रण गर्न सकिने खालको प्रकोप भएको बताउँदै यो भाइरसलाई चीनले जितेरै छाड्‍ने बताएको छ ।

साथै, चीनले आफ्नो मुलुकमा रहेका विदेशी नागरिकको सुरक्षाप्रति आफू संवेदनशील रहेको भन्दै आपतकालिन उद्दारका लागि सबैसँग समन्वय गर्ने बताएको छ । विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)सँग मिलेर कोरोना भाइरस रोकथामका लागि नेपालले चालेको कदमको पनि चीनले प्रशंसा गरेको छ । डब्लूएचओले कोरोना भाइरसको संक्रमण बढ्नसक्ने संकेत देखिएपछि विश्वव्यापी संकटकालको घोषणा गरेको छ । अहिलेसम्म यस भाइरसबाट चीनमा मृत्यु हुनेको संख्या अढाईसय नाघेको छ ।

हुबेई प्रान्तको वुहानबाट सुरु भएको कोरोना भाइरसको संक्रमण नियन्त्रण हुनुभन्दा पनि झन्‌झन् फैलिँदैे गएको छ। चीनबाट फैलिएको नोवल कोरोना भाइरसको संक्रमण करिब दुई दर्जन मुलुकमा देखिएको छ ।

Advertisement

Advertisement

Advertisement