भक्तपुर दरबार स्क्वायरमा राष्ट्रिय वाणिज्य बैंकको एटीएम सेवा

Advertisement

काठमाडौँ । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले भक्तपुर दरबार स्क्वायर क्षेत्रमा महानगरिय प्रहरी परिसर तथा जिल्ला प्रशासन कार्यालयको प्राङ्गणमा एटीएम सेवा संचालनमा ल्याएको छ ।

उक्त एटीएम सेवाको भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापतिले बुधबार एक समारोहका बीच उद्घाटन गरेका हुन् ।

कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले बैंकले संभावित क्षेत्रमा बैंकिङ्ग सेवा दिने बताउँदै उक्त एटीएमबाट चौबीसै घण्टा सेवा उपलब्ध हुने बताए । बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तब्य ब्यक्त गरेका थिए ।

बैंकको बाग्मती प्रादेशिक प्रबन्धक सोनी श्रेष्ठको सभापतित्वमा सम्पन्न समारोहको सञ्चालन शाखा कार्यालय सूर्यविनायकका प्रबन्धक मुरारीप्रसाद दंगालले गरेका थिए ।

बैंकले हाल ७७ जिल्लामा रहेको २३८ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्गबाट सवा प्रदान गर्दै आइरहेको छ ।

Advertisement

Advertisement

Advertisement