कामना सेवाले पोखरा लामाचौरको अकलादेवी मन्दिरलाई गर्यो १ लाख सहयोग

Advertisement

काठमाडौँ । कामना सेवा विकास बैंकले पोखरा महानगरपालिका वडा नं. १९ पुरुन्चौर स्थित शाखा कार्यालय मार्फत लामाचौर बगंैचा स्थित श्री अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरलाई आल्मुनियम झ्याल ढोका राख्ने प्रयोजनको लागि आर्थिक सहयोग स्वरुप रु १ लाखको चेक हस्तान्तरण गरेको छ ।

सहयोग रकम हस्तान्तरण कार्यक्रमका प्रमुख अतिथि पोखरा महानगरपालिका वडा नं. १९ का वडा अध्यक्ष शोभामोहन पौडेल तथा कामना सेवा विकास बैंकका सञ्चालक चतुराखर अधिकारीले संयुक्त रुपमा चेक हस्तान्तरण गरेका हुन् । उक्त कार्यक्रमको सहजीकरण बैंकका गण्डकी प्रदेश प्रमुख टुबराज वास्तोलाले गरेका थिए ।

बैंकका सञ्चालक देवकृष्ण काफ्लेको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमा अकलादेवी तथा लक्ष्मी नारायण मन्दिरका अध्यक्ष भरतराज आचार्यले स्वागत मन्तव्य राखेका थिए । वडा अध्यक्ष पौडेल तथा जनहित बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष तथा मन्दिर व्यवस्थापन समितिका सदस्य काशीराज आचार्यले मन्तव्य राख्दै बैंकले समाजिक क्षेत्रमा समेत सराहनीय कार्य गरेकोले धन्यवाद ज्ञापन गरेका थिए ।

कार्यक्रममा पोखरा महानगरपालिका वडा नं. १९ का सदस्य कृष्णप्रसाद गौतम, अकला आधारभुत विद्यालय र अकला आमा समुहका अध्यक्ष पार्वती काफ्ले, अकला आधारभुत विद्यालयका प्रध्यानध्यापक सिता काफ्ले, अकलादेवी तथा लक्ष्मी नारायण मन्दिर पुजारी ज्योतिस लक्ष्मण पौडेल लगायतको उपस्थिति रहेको थियो ।

Advertisement

Advertisement

Advertisement