महालक्ष्मी विकास बैंकले गर्यो सुगन्ध थालेसिमिया प्रोजेक्टलाई आर्थिक सहयोग

Advertisement

काठमाडौं । महालक्ष्मी विकास बैंकले सुगन्ध थालेसीमिया प्रोजेक्टलाई दुईलाख पचास हजारको आर्थिक सहयोग गरेको छ । राउण्ड टेवल नेपालको सुगन्ध थालेसीमिया प्रोजेक्ट थैलेसीमिया क्यान्सरका बालबालिकाको उपचारका लागि बनाइएको हो।

विश्व क्यान्सर दिवसको अवसरमा सर्वसाधारणलाई सचेतना अभिवृद्धिका लागि विराटनगर प्लाटियम राउण्ड टेवल ११ ले दौड प्रतियोगिता आयोजना गरेको थियो। सो दौड प्रतियोगितामा कुनै पनि विपन्न परिवारका बालबालिकाको थैलेसीमिया क्यान्सरका कारण अकालमा मृत्यु नहोस् भनेर उक्त सहयोग गरिएको हो। आफ्नो सामाजिक उत्तरदायित्व वहन गर्ने उद्देश्यअनुरुप राउण्ड टेवल ११ ले उद्योग वाणिज्य तथा आपुर्ति राज्यमन्त्री मोति दुगडको प्रमुख आतिथ्यमा रकम प्रदान गर्यो।

महालक्ष्मी विकास बैंक विराटनगर शाखा क्षेत्रमा आयोजित कार्यक्रममा बैंकका विराटनगर शाखाका प्रबन्धक भरत खतिवडाले उक्त रकमको चेक राउण्ड टेवलका पदाधिकारीलाई उपलब्ध गराएका हुन्। शाखा प्रबन्धक भरत खतिवडाले बैंकको तर्फबाट अझै सहयोग गर्दै जाने प्रतिवद्धता जनाएका छन्।

Advertisement

Advertisement

Advertisement