उत्सवको यात्राः बजार प्रतिनिधिदेखि हेरचारको प्रबन्धकसम्म

Advertisement

हेटौँडाका उत्सव भट्टराई ३७ वर्षका भए । १७ बर्षकै उमेरमा बजार प्रतिनिधिबाट काम शुरु गरेका कर्मशील युवा हुन उनी । अहिले काठमाडौँमा स्थापित हेरचार डटकम प्रालिका प्रबन्धक भएर आफ्नो कर्मलाई निरन्तरता दिइरहेका छन् । हेटौँडा तथा पोखरापछि ११ वर्षदेखि काठमाडौँलाई कर्मथलो बनाएका छन् । डेढ बर्षदेखि हेरचार डटकममा प्रबन्धकको रुपमा जिम्मेवारी सम्हालिरहेका भट्टराई बीचमा २२ महिना जति बैदेशिक रोजगारको शिलसिलामा साउदी अरब गएका थिए ।

व्यापारिक घराना विशाल ग्रुप अन्तर्गत एसियन डिस्ट्रीब्युटर्स प्रालिमा एरिया सेल्स म्यानेजरको जागिर छोडेर विदेश हानिएका भट्टराई साउदी अरबमा राम्रो काम र कमाई हुँदाहुँदै पनि आफ्नै देशमा केही गर्ने अठोट सहित २२ महिनामै नेपाल फर्के । पहिलेदेखि नै बजारमा भिजेका उनले बजारसंग सम्बन्धित केहि गरौँ भन्ने सोच राखे । ठूला व्यापारिक घरानाबाट जागिरको लागि आउने प्रस्तावलाई पन्छाउदै बिल्कुल नयाँ सोचका साथ अगाडि बढेको हेरचार डटकममा ठूला घरानाको प्रस्ताब भन्दा निक्कै कम सुबिधामा प्रवेश गरेको कुरा बताउँछन् ।

किन त हेरचारमा ?
सधैँ केहि फरक गर्न रुचाउने स्वभाब भएका कारण हेरचारको नयाँपन र नया सोचसंग आकर्षित भएको उनी बताउँछन् ।

के गर्छ हेरचारले ?
हेरचार एक नाफामुलक सेवा प्रदायक कम्पनी हो जसले हर घर हर कार्यालयको समस्या समाधान गर्छ, ‘समस्या हामीलाई समाधान हजुरलाई’ भन्ने मूलमन्त्रलाई लिएर अगाडि बढेको हेरचारले घर तथा कार्यालयहरुमा आइपर्ने मर्मत सम्भार सम्बन्धि समस्याहरुको समाधान गर्ने गरेको छ । स्थापना कालको दोश्रो बर्षमै उल्लेखनीय सेवा दिन सफल हेरचारले आफ्नो कार्य संचालनको १६ महिना पार गर्दासम्म १००० भन्दा बढी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको छ । ३०० भन्दा बढी कर्पोरेट अनि ७०० भन्दा बढी घरायसी ग्राहकहरुलाई सेवा प्रदान गरिसकेको हेरचारले ग्राहकको बिश्वास, सुझाव अनि सल्लाहलाई सधै सम्मान गर्दै सोही अनुसार आफुलाई अगाडि बढाएको प्रबन्धक भट्टराईको भनाई छ ।

४० जनालाई रोजगारी
४ जनाको सानो टिमबाट सुरु भएको हेरचारसंग आज १५ जना प्रत्यक्ष, २५ जना अप्रत्यक्ष गरी कूल ४० जनाको ठूलो परिवार रहेको छ । इलेक्ट्रिक, प्लाम्बिङ, कार्पेन्ट्री, प्लास्टर, टायल, कलर, क्लिनर आदि १२ विभिन्न विधामा सेवा दिंदै आएको छ । आफ्नो कर्मचारीहरुलाई सरकारले तोकेको मापदण्ड अनुसार नै तलब सुबिधा दिंदै आएको हेरचारसंगको प्राबिधिकहरुपनि उत्तिकै जानकार अनि अनुभबी रहेका छन् । १० देखि १५ बर्ष अनुभव भएका प्राबिधिकहरुको साथले हेरचार छोटो समयमा विश्वासिलो मर्मतको साथी बन्न सफल भएको छ ।

कसरी गर्छ हेरचारले काम ?
इस्टिमेट शुल्क नलिने हेरचारले ग्राहकले काम गराउनु भयो भन्ने मात्र काम अनुसारको शुल्क लिने गरेको छ । ग्राहकको सुबिधा अनि आग्रह अनुसार बजार भन्दा सस्तोमा गुणस्तर समानपनि उपलब्ध गराउदै आएको छ । ग्राहकको सुबिधा अनि इच्छा अनुसार समान उपलब्ध गराउँदै आएको हेरचारले ग्राहक आफैँले समानको व्यवस्था गरेमा सेवा मात्र पनि दिने गरेको छ । छिट्टै एप बाट पनि सेवा सुरु गर्न लागेको हेरचारले अहिले कल बेस अनुसार काम गर्दै आएको छ । हेरचारले आफ्नो बजार बिस्तारलाई आक्रामक रुपमा अगाडि बडाउने क्रममा १५००० भन्दा बढी घर तथा कार्यलयहरुमा आफ्नो मार्केटिङ टिमलाई भिजिट गराइसकेको छ ।

को को छन् हेरचारमा ?
नेपालका विभिन्न क्षेत्रमा आफ्नो नाम कमाउन सफल एक समूहको सोच हो हेरचार । हेरचारमा हाल सुरेश सापकोटा अध्यक्ष (एम्बिसन कलेज), रमेशकुमार भट्टराई, प्रमुख कार्यकारी अधिकृत (महालक्ष्मी लाइफ इन्स्योरेन्स), श्रीचन्द्र भट्ट, प्रमुख कार्यकारी अधिकृत( आइएमई लाईफ इन्स्योरेन्स), बिनय उपाध्याय, प्रमुख (बिनिषा इण्टेरिअर) तथा कमल पन्थी डीसीइओ (महालक्ष्मी लाइफ इन्स्योरेन्स) को समूह रहेको छ ।

अबको योजना
५ बर्ष भित्रमा १० शहरमा शाखा खोली एक लाख भन्दा बढी ग्राहकलाई सेवा दिने लक्ष्य लिएको हेरचारले प्रत्यक्ष र अप्रत्यक्ष गरी कम्तिमा ५०० भन्दा बढी युवालाई रोजगारी दिने अठोट लिएको छ ।

अन्तमा
हर घर हर कार्यालयमा दैनिक रुपमा आइपर्ने मर्मत तथा सम्भार सम्बन्धी समस्याहरुलाई समाधान गर्न हरेकपल तत्पर अनि तयार रहेको हेरचार लाई आमजनमानसमा लानको लागि आफु सधैँ तत्पर रहेको प्रबन्धक भट्टराई बताउँछन् । अग्रजहरुले जुन बिस्वाशले हेरचारलाई मेरो हातमा सुम्पिनु भएको छ, त्यो बिश्वासलाई सधैँ कायम नै राखी ५ बर्षमा हेरचार हरेक घर अनि कार्यालयको एक बिश्वाशिलो साथी बनाई छाड्ने लक्ष्य रहेको उनी बताउँछन् ।

Advertisement

Advertisement

Advertisement