शुरु भयो ‘सनराइज पप्कर्न मनिया’, फिल्म हेर्ने दर्शकलाई पप्कर्न निःशुल्क

Advertisement

काठमाडौँ । सनराइज बैंकले क्यूएफएक्स सिनेमासँग सहकार्य गरी ल्याएकोे ‘सनराइज पप्कर्न मनिया’ उद्घाटन कुमारी कुमारी हलमा एक भव्य कार्यक्रमका साथ गरेको छ ।

कुमारी हलमा आयोजित एक कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत जनक शर्मा पौड्याल र टीम क्वेस्ट प्रालिका प्रमुख कार्यकारी अधिकृत रोशन अडिगाले सो योजनाको सुरुवात गरेका हुन् । कुमारी हलमा सिनेमा हेर्न आएका दर्शकहरु माझ गरिएको उक्त कार्यक्रममा विभिन्न रमाइला खेलहरु सञ्चालन गरी उपहारहरु समेत प्रदान गरिएको थियो ।

तीन महिनासम्म सञ्चालन गरिने उक्त योजना अवधिभर सनराइज बैंकका ग्राहकरूले नेपालभरीका क्युएफएक्स सिनेमा घरमा कुनैपनि चलचित्रको टिकट खरिदमा प्रति टिकट एउटा पप्कर्न निःशूल्क प्राप्त गर्न सकिने बैंकले जनाएको छ ।

यस योजना अन्तर्गतठट प्रति कारोबार अधिकतम पाँचवटासम्म निःशूल्क पप्कर्न प्राप्त गर्न सकिने बैंकले जनाएको छ । जसका लागि ग्राहकले टिकट खरिद बापतको रकम सनराइज बैैकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी सो हलस्थित पिओएस टर्मिनल मार्फत भुक्तानी गर्नु पर्नेछ ।

Advertisement

Advertisement

Advertisement