एनएलजी इन्स्योरेन्सको हकप्रद शेयरको बिक्री खुला फागुन २२ गतेदेखि, १० : ६ कित्ता खरिद गर्न पाइने

Advertisement

काठमाडौँ । एनएलजी इन्स्योरेन्स कम्पनीको १० कित्ता बराबर नयाँ ६ कित्ता शेयरको हकप्रद शेयर निष्काशन फागुन २२ गते हुने भएको छ ।

प्रति शेयर १०० रुपियाँ अंकित दरको ३८ लाख ४२ हजार ४ सय ३७.५० कित्ता शेयरको बिक्री खुला गर्न लागिएको हो । हकप्रद निष्काशन फागुन २२ गते हुने र चैत १२ गते बन्द हुने धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक लक्ष्मी क्यापिटल मार्केट लिमिटेडले जनाएको छ ।

कम्पनीको विद्यमान ६४ करोड ४ लाख ६ हजार २५० रुपियाँ बराबर चुक्ता पूँजीमा दश बराबर नयाँ छ(१०ः६) शेयर अनुपातमा उक्त हकप्रद शेयर माघ २६ गतेसम्म नेपाल स्टक एक्सचेञ्जमा कारोबार भई कायम साबिक शेयरधनीहरुका लागि निष्काशन गर्न लागिएको कम्पनीले जनाएको छ ।

Advertisement

Advertisement

Advertisement