सरकारविरुद्ध बल्ल बोले देउवा– नीतिगत निर्णयको नाममा सरकारले मनलाग्दी गर्यो

Advertisement

भैरवाहा । ठूलठूला भ्रष्टाचार प्रकरणका घटनाहरु आउँदा पनि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसका सभापति मौन बसेको भन्दै आलोचना भइरहेको बेला काँग्रेस सभापति शेरबहादुर देउवाले सोमबार सरकारको आलोचना गरेका छन् ।

राष्ट्रियसभा सदस्य दुर्गाप्रसाद उपाध्यायको ११ दिनको पुण्‍यतिथिमा लुम्बिनीमा आयोजित शोक सभामा देउवाले नीतिगत निर्णयको नाममा सरकारले मनलाग्दी गरेको भन्दै आलोचना गरे । उनले निवर्तमान सञ्चारमन्त्री गोकुल बाँस्कोटाको अडियो प्रकरण चानचुने विषय नभएको भन्दै यसमा संलग्‍न कसैलाई छाड्‍न नहुने बताए ।

देउवाले यो प्रकरणमा जोडिएका सबैमाथि निष्पक्ष छानबिन हुनुपर्ने अडान राखे । अडियो टेप प्रकरणमा कांग्रेसले पनि अनियमितता छानविन गर्ने उनको भनाइ छ।

Advertisement

Advertisement

Advertisement